शनिबार, साउन १२ गते २०८१    
images
images
images

समयमै सकिएन पञ्जीकरण सुधार आयोजना, १ वर्ष थपियो समय

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
images
समयमै सकिएन पञ्जीकरण सुधार आयोजना, १ वर्ष थपियो समय

पाँच वर्षमा सम्पन्न गरिसक्ने भन्दै सुरू भएको यो काम सन् २०२३ मा पनि नसकिएपछि अझै एक वर्ष थप गरिएको छ। 

images

काठमाडौं- विश्व बैंकबाट १५ करोड डलर लिएर सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सात वर्ष सकिँदा पनि सम्पन्न भएको छैन। 

images
images

सन् २०१६ मा ऋण सम्झौता भएकोमा हालसम्म आयोजना सम्पन्न हुन सकेको छैन। पाँच वर्षमा सम्पन्न गरिसक्ने भन्दै सुरू भएको यो काम सन् २०२३ मा पनि नसकिएपछि अझै एक वर्ष थप गरिएको पञ्जीकरण विभागले जनाएको छ। 

images

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी तुल्याउन नेपाल सरकार तथा विश्व बैंकबीच सम्झौता भई आयोजना अघि बढेको थियो। सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ताको पहुँच विस्तार गर्ने र सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा सुधार गर्नका लागि भन्दै आयोजना अघि बढेको थियो। 

यसका लागि हाल आयोजनाकै सहायतामा सबै स्थानीय तहमा कम्तीमा १/१ जना एमआईएस अपरेटर र फिल्ड सहायक राखिएको छ। आयोजनाको म्याद विसं २०८१ सम्मका लागि थप भएको छ। यो आयोजनाको कुल लागत ३२ करोड अमेरिकी डलर रहेको छ। १५ करोड ऋण तथा बाँकी रकम सरकाले व्यवस्था गर्नेगरि अघि बढेको थियो। 

images


प्रकाशित : बुधबार, चैत १ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend