शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

भारतमा नयाँ प्लान्ट खरिद गरेर विद्युतीय कारमा आक्रामक हुँदै हुन्डाई

नयाँ प्लान्टबाट निस्कने पहिलो कार विद्युतीय एसयूभी

images
images
images
भारतमा नयाँ प्लान्ट खरिद गरेर विद्युतीय कारमा आक्रामक हुँदै हुन्डाई

२०२५ पछि हुन्डाईको भारतमै कार उत्पादन जडित क्षमता १० लाख पुग्ने छ।

images
images

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर (जीएम)को प्लान्ट किन्ने भएसँगै कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले सो प्लान्टबाट विद्युतीय कार उत्पादन गर्ने भएको छ। चिनियाँ कम्पनी ग्रेटवाल मोटरले किन्न नपाएको जीएमको प्लान्ट हुन्डाईने किन्ने गरि सोमबार दुई पक्षबीच प्रारम्भिक सम्झौता भएको हो। 

images
images
images

सोमबार जीएम र हुन्डाईबीच जीएमको प्लान्ट खरिद गर्ने आसयको पत्रमा हस्ताक्षर भएसँगै हुन्डाईले सो प्लान्टबाट विद्युतीय एसयूभी उत्पादन गर्ने योजना अघिसारेको छ। हुन्डाई मोटर इन्डियाले जनरल मोटर इन्डियाको तेलगाउँ प्लान्टमा बन्ने पहिलो कार विद्युतीय भर्सनको माइक्रो एसयूभी हुने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। पहिलो विद्युतीय कार २०२५ को सुरुवातमै बजारमा आउने कम्पनीले जनाएको छ। 

images

जीएमसँगको सम्झौता टुंगो लागेर कार उत्पादन हुने थालेमा भारतको दोस्रो ठूलो कार उत्पादक बिक्रेता कम्पनी हुन्डाईको वार्षिक उत्पादन क्षमता समेत बढ्नेछ। २०२५ पछि हुन्डाईको भारतमै कार उत्पादन जडित क्षमता १० लाख पुग्ने छ।

images

हुन्डाईको हाल तामिलनाडूमा रहेको प्लान्टको जडित उत्पादन क्षमता वार्षिक ७ लाख ६० हजार कार रहेको छ। गएको जनवरीमा हुन्डाईले बताएअनुसार आउने जुनदेखि तामिलनाडू प्लान्टको क्षमता वार्षिक ८ लाख २० हजार वटा पुग्दैछ। 

images
images

हुन्डाईले तेलगाउँ प्लान्ट नजिक रहेका रणनीतिक आपूर्तिकर्ताहरुसँग आवस्यक सामग्री उउपलब्ध गराउन सक्ने अवस्था बारे सोधीखोजी गरेको छ। सो प्लान्टबाट २०२५ को सुरुमै कार उत्पादन गर्ने र निर्यात गर्नेबारे हुन्डाईले तयारी सुरु गरेको छ। 

हुन्डाईले एआई एसयूभी नाम दिइएको माइक्रो एसयूभी २०२३ को सेप्टेम्बरबाट उत्पादन सुरु गर्ने बताइसकेको छ। टाटाको पन्चसँग नेकटूनेक प्रतिस्पर्धा गर्नेगरि बनिरहेको सो एसयूभी पहिलो वर्ष ५० हजार उत्पादन गर्ने र दोस्रो वर्ष बढाएर ७० हजारसम्म पु¥याउने योजना हुन्डाईको छ। 

हालसम्म हुन्डाईले तामिलनाडू प्लान्टलाई नै अधिकतम उपयोग गरेर भारतीय बजार तथा निर्यातका लागि समेत कार उत्पादन गर्दै आएको थियो। अब भने नयाँ प्लान्ट खरिदसँगै हुन्डाईको उत्पादन क्षमता उल्लेख्य रुपमा बढ्नेछ। विद्युतीय सवारीको बढ्दो मागअनुसार उत्पादन बढाउन नयाँ प्लान बलियो आधार बनेको हुन्डाईले बताएको छ।  

प्लान्ट खरिद गर्ने प्रारम्भिक सम्झौताअनुसार हुन्डाईले तेलगाउँ फ्याक्ट्री रहेको जमिन, भौतिक संरचना तथा केही मेसिन र उपकरण खरिद गर्नेछ। हुन्डाईले फोर्डको गुजरातस्थित सनासन्द प्लान्ट किन्ने इच्छा व्यक्त गरेको थियो तर सो प्लान्ट टाटा मोटर्सले खरिद गरेको हो। भारतमा कार बिक्रीमा हुन्डाई मोटस आक्रामक हुँदै गएको छ। त्यसैले आफ्नो उत्पादन बढाउन हुन्डाईले नयाँ प्लान्ट खरिद गरेको हो। 

चीनको सबैभन्दा ठूलो एसयूभी निर्माता कम्पनी ग्रेटवाल मोटर र जनरल मोटर (जीएम) इन्डियाबीच पुनेमा रहेको जीएमको प्लान्ट किन्ने सम्झौताको अवधि सकिएको २०२२ को मध्यतिर जीएमले घोषणा गरेको थियो। छ। दोस्रोपटक थपिएको समयमा समेत दुई कम्पनीबीच खरिदरबिक्रीको अन्तिम टुंगो लाग्न नसकेपछि जीएमले सो डिलबाट हात झिकेको थियो। 

दुई कम्पनीबीच सुरु सम्झौतापछि दोस्रो पटक समय थप हुँदासमेत भारत सरकारले ग्रेटवाल मोटरले ल्याउन लागेको चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकर नगर्दा उक्त सहमति भंग हुन पुगेको हो। दिल्लीले अटोमोबाइल क्षेत्रमा बेइजिङ प्रभाव राक्न उक्त एफडीआईलाई सहज रुपमा आउन नदिने नीति लिएका कारण ग्रेटवालको भारतमा सवारी उत्पादन गरेर बिक्री गर्ने योजनामा तत्काललाई पूर्णबिराम लागेको हो। 

ग्रेटवाल र जीएमबीच २०२० जनवरीमा ३० करोड अमेरिकी डलरमा प्लान्ट खरिद गर्ने सहमति भएको थियो। दोस्रो पटक थपिएको सम्झौताको सयम २०२२ जुन ३० मा सकिएको हो। हुन्डाई मोटरले उक्त प्लान्ट कति रकममा खरिद गरेको हो त्यो भने खुलाइएको छैन। 

अमेरिकी सवारी उत्पादक जीएमले भारतीयमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरि बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण २०१७ मा जीएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआईसी भारत प्रवेशका लागि सहज वातावरण बनेको थियो। तर चिनियाँ कम्पनीमाथि भारत सरकारले कसिलो नीति लिएका कारण जीएमको सो प्लान्ट कोरियाली कम्पनी हुन्डाईको पोल्टामा पुगेको हो। 

images

प्रकाशित : बुधबार, चैत १ २०७९०४:४१

प्रतिक्रिया दिनुहोस