काठमाडौं- खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने वर्ल्ड वाटर कन्फ्रेन्स (विश्व पानी सम्मेलन) मा सहभागी हुन जाने भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले जानकारी दिएका छन्।
'मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने कन्फ्रेन्समा सहभागी हुन स्वीकृति दिएको छ' उनले जानकारी दिए।