शुक्रबार, असोज ४ गते २०८१    
images
images

सेयर बजार सुधार हुँदा पनि किन कारोबार रकम बढेन? 

images
आइतबार, कात्तिक ७ २०७८
images
images
सेयर बजार सुधार हुँदा पनि किन कारोबार रकम बढेन? 

बजार सुधार हुनु अगाडि बजार प्रवेश गरेका लगानीकर्ताहरू बाहिरिएका छन् । जसले सेयर बिक्री गर्न भ्याएनन् उनीहरु अहिले पनि शेयर बजारमा छन् । जसले शेयर बिक्री गर्न भ्याएका थिए उनीहरु तत्काल बजार प्रवेश गर्ने पक्षमा छैनन् ।

images
images

काठमाडौं- दैनिक १९/२० अर्ब रुपैयाँ कारोबार हुने सेयर बजार पछिल्लो समय दुई तीन अर्ब रुपैयाँमै सीमित हुन थालेको छ। बजार सुधार भएकै दिनमा पनि कारोबार रकम बढ्न सकेको छैन। बजार अझै केही समय सुस्त रहने लगानीकर्ताको विश्लेषणसँगै बजार सुधार हुन सकिरहेको छैन। 

images
images
images

बिहीबार १४ अंकले घट‍ेर बन्द भएको बजारमा आइतबार भने सुधार देखिएको छ। आज २७.५१ अंकले बढेर नेप्से परिसूचक २५८४.५३ बिन्दुमा पुगेको छ। परिसूचकमा सुधार भए पनि कारोबार रकम भने जम्मा २ अर्ब ७७ करोड ३४ लामै सीमित भएको छ। पछिल्लो सात परिसूचक बढ्दा पनि कारोबार रकम भने बढ्न सकिरहेको छैन। 

केही ठूला लगानीकर्ताले बजार घटाउने सूचना सकिएको भन्दै बजार सुधार हुने अभिव्यक्ति दिँदै आएका छन्। बजार घटाउने सूचना सकिए पनि तरलता अभावको समस्या समाधान हुन सकिरहेको छैन। अझै एक दुई वर्ष बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखिने निश्चित छ। बजार सुधार हुनु अगाडि बजार प्रवेश गरेका लगानीकर्ताहरू बाहिरिएका छन्। जसले सेयर बिक्री गर्न भ्याएनन् उनीहरु अहिले पनि सेयर बजारमा छन्। जसले सेयर बिक्री गर्न भ्याएका थिए उनीहरु तत्काल बजार प्रवेश गर्ने पक्षमा छैनन्। 

यदि सरकारले बैशाख जेठमा स्थानीय निकायको चुनाव गर्ने तयारी गर्यो भने सेयर बजारमा केही सुधार हुने पक्का छ। तर यस भन्दा अगाडिको बियरिस ट्रेण्ड चुनाव घोषणापछि थप चुलिएको थियो। भूकम्पपछिको अवस्था र कोभिड १९ पछिको अवस्था सेयर बजारका लागि उस्तै उस्तै थियो। भूकम्पपछि अन्यत्र लगानी गर्ने अवस्था थिएन। जसले गर्दा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा ब्याजदर घट्यो । जसले बजार सुधार गर्न सहयोग गरेको थियो। भुकम्पले भत्किएका संरचना बन्न थालेसँगै सेयर बजार विस्तारै ओरालो लाग्न थाल्यो।  

images

यस पटकको बुल पनि कोभिड १९ का कारण नयाँ कर्जा प्रवाह हुन नसक्दा बढेको तरलतामा हुर्कियो। कोभिड १९ को प्रभाव कम हुन थालेसँगै बैंकहरूमा उद्योगी व्यवसायीले कर्जाको माग गर्न थाले। कोभिड १९ ले थिलिएको अर्थतन्त्र उकासिने क्रमसँगै बजार भने थचारिन सुरु भएको छ। अझै बैंकिङ प्रणालीमा एक दुई वर्ष तरलता अभावको समस्या समाधान हुने देखिँदैन। चुनाव तथा विभिन्न बहानामा सेयर बजार उचालिन खोजे पनि अझै समय सेलिङ प्रेसरका कारण सुधार हुने अवस्थामा छैन। 

अधिकांश लगानीकर्तामा  सुधार हुँदैन भन्ने लागिसकेको हुँदा बजार केही सुधार हुने बित्तीकै उनीहरू बिक्री गरेर बाहिरिने तरखरमा छन्। लगानीकर्ताहरू बजार कहिले सुधार होला भनेर कुरिरहेका छन्। अहिले सेयर किन्नेले सुधारको अपेक्षा गरिरहेका छैनन्। सेयर बिक्री गर्नेहरूलेमात्रै बजार सुधारको अपेक्षा गरेको हुँदा सुधार हुने ठोस आधार बनेको छैन। यदि सुधार भइहाल्यो भने पनि विगतमा खरिद गरेर बसेकाहरू बिक्री गरेर बाहिरिन खोज्छन्। यस्तो हुने बित्तिकै बजार सुधार भन्दा घट्ने क्रम बढ्छ। 

विगतमा सेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताले लगानी स्थानान्तरण गर्न थालिसकेका छन्। उनीहरुलाई सेयरमा लगानी गर्यो भने डुबिन्छ भन्ने लागिसकेको हुँदा घरजग्गा, उद्योग कल कारखानामा लगानी गर्न सुरु गरिसकेका छन्। कतिपयले यस अवधिमा कमाएको पैसा कर्जा तिर्न प्रयोग गरे। 


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend