बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पृथ्वीबहादुर शाहको ठगी साम्राज्य, २२ कम्पनी र २० साझेदार  

images
मंगलबार, फागुन ३० २०७९
images
images
पृथ्वीबहादुर शाहको ठगी साम्राज्य, २२ कम्पनी र २० साझेदार  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ऊजुरी परेपछि छानबीन गरेकोथियो। प्रहरीको छानबीनबाट शाहले गएको छ वर्षदेखि सञ्जाल बनाएर ठगीको साम्राज्य विस्तार गरेको पाइएको छ। 

images
images

काठमाडौं-  शंकास्पद कारोबारमा मुछिएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

images
images
images

जिल्ला अदालत काठमाडौंको आदेशपछि शाहसँगै उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। यसमा संलग्न १३ जना भने फरार छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उजुरी परेपछि छानबीन गरेको थियो। प्रहरीको छानबीनबाट शाहले गएको छ वर्षदेखि सञ्जाल बनाएर ठगीको साम्राज्य विस्तार गरेको पाइएको छ। 

images

अमेरिकामा ठगी गरेरेको रकम नेपालमा नक्कली कागजपत्र बनाएर विदेशी लगानी वा सापटीका रुपमा ल्याउने गरेको पाइएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। शाहको ठगी सञ्जालमा आवश्यक पर्ने सबै प्रकारका कम्पनी तथा संरचना खडा भएका थिए। त्यस्ता कम्पनी तथा संस्थामार्फत उनले ठगीको डलर नेपालमा ल्यान्डिङ गर्ने गरेका थिए। 

images

नेपालसँगै थाइल्यान्डमा पनि ल्यान्डिङ गर्ने गरेको पाइएको अनुसन्धानबाट देखिएको छ। शाहले यो सब काम गर्नका लागि २२ वटा कम्पनी बनाएका थिए। त्यस्ता कम्पनीमा विभिन्न व्यक्तिलाई साझेदारका रुपमा राखिएको छ। कतिपयलाई खाता सञ्चालनको प्रायोजनाका लागि मात्र पनि समावेश गरेका थिए। 

संगठित ठगीको रकमलाई नेपाल भित्र्याउनका लागि उनका १४ वटा कम्पनीहरुले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा उल्लेखित उद्देश्यविपरीत, आधिकारीक निकायबाट विदेशी लगानी भित्र्याउने अनुमति समेत नलिई विदेशी लगानी भित्र्याएको भनी झुटा विवरणका कागजातहरु समेत तयार गरी बैंकहरुमा पेस गरेको पाइएको छ। 

शाहको समूहले अमेरिकी नागरिकहरुलाई कम्प्युटरमा जडान हुने एन्टिभाइरस नविकरण गर्ने नाममा उनीहरुको डिभाइसमा पहुँच राखेर बैंक खाताबाट रकम नेपाल पठाउन लगाएको पाइएको छ। पीडितहरूले यसबारेमा लिखित स्टेटमेन्ट नै दिएका छन्। 

पृथ्वीबहादुर शाह समेतका अभियुक्तहरूको खातामा विभिन्न समयमा गरि कुल ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर, १९ हजार ८२५ पाउन्डस्ट्रलिङ र ३ लाख ४९ हजार क्यानेडियन डलर प्राप्त गरेको पाइएको छ। यस्तो रकम शाहले नेपालमा सञ्चालन गरेका विभिन्न कम्पनीको खातामा आएको देखिएको छ। हालसम्म निरन्तर रुपमा २० जनाभन्दा बढी सदस्यहरु यसमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट देखिएको छ। 

शाहको ठगी सञ्जालले विदेशबाट रकम भित्र्याउनका लागि अस्तित्वमै नभएको व्यक्तिको नाममा पासपोर्ट बनाएर पेस गरेको, नेपालभित्रकै विभिन्न अनुमतिका नक्कली प्रमाणपत्र बनाएको तथा भ्रमपूर्ण कागजपत्र बनाइ बेइमानी गरेको अनुसन्धानको निष्कर्ष रहेको छ। 

शाहको कारोबार शंकास्पद देखिएपछि गत वर्ष नेपाल राष्ट्र बैंकले रोकिदिएको थियो। राष्ट्र बैंकले रकम रोकिदिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले रकम छोड्न राष्ट्र बैंकलाई ठाडो आदेश दिएका थिए। तर गभर्नर महाप्रसाद अधिकारीले नमानेपछि विभिन्न बहाना बनाएर उनैलाई फाल्न खोजेका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको साथ र समर्थनमा शर्माले पृथ्वीबहादुर शाहलाई संरक्षण गर्नका लागि हरसम्भव प्रयास गरेका थिए। 

शाहले बयानको क्रममा आफ्नै मातहतको कम्पनीको खातामा विदेशबाट आएको कतिपय रकमका बारेमा अनभिज्ञता प्रकट गरेका छन् भने धेरैलाई वैध दाबी गरेका छन्। सापाटी तथा सेवा बापतको रकम भएको भन्दै बचाउ गरेका छन्। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend