शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

जर्मन विकास बैंकको एक अर्ब लगानीमा प्रसूति अस्पताल बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ७ २०७८
images
जर्मन विकास बैंकको एक अर्ब लगानीमा प्रसूति अस्पताल बन्दै

अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।

images
images

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। 

images
images
images

जर्मन विकास बैंकको एक अर्ब रुपैयाँ बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका-४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो। अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।

images
images

उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ। सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ। 

images
images

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend