बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री भन्छन् - जनताले चन्दा दिएमात्रै जरिबाना तिर्नसक्छु

images
मंगलबार, फागुन ३० २०७९
images
images
भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री भन्छन् - जनताले चन्दा दिएमात्रै जरिबाना तिर्नसक्छु

पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको भन्दै आफू जरिबाना तिर्नसक्ने अवस्थामा नरहेको बताए।

images
images

काठमाडौं- सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिँदा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले सुनाएको फैसला पूर्वाग्रही रहेको बताउँदै पूर्वमन्त्री बद्रि न्यौपानेले जनताले चन्दा दिएमात्रै आफूले जरिबाना तिर्नसक्ने बताएका छन्। 

images
images
images

समाज कल्याण परिषद् मातहत रहेको सरकारी जग्गा लिजमा दिँदा अनियमितता भएको ठहरसहित विशेष अदालतले न्यौपानेविरुद्ध ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय रुपैयाँ बिगो र सोही बराबर जरिबाना असुलको फैसला सुनाएको हो। 

अदालतले तोकेको बिगो तथा जरिबाना आफूले तिर्न नसक्ने बताउँदै पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री न्यौपानेले भने, ‘म न धरौटी राख्न सक्छु। न जरिबाना तिर्न सक्छु। यस्तो पनि पूर्वाग्रही, राजनीति ड्यामेज गर्ने किसिमले आएको छ। अब मेरो सर्वोच्च अदालत जाने हैसियत छैन। मलाई जनताले चन्दा दिएमात्रै त्यत्रो जरिबाना तिर्नसक्छु।’

images

पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको भन्दै भने, 'मेरो देशभरमा कुनै जग्गा छैन, आजसम्म बैंकमा ब्यालेन्स छैन, म मेरो गाउँको भाइकोमा शरणार्थीका रूपमा बसेको छु। भाडामा बस्छु अझै, भाडा तिर्न सकेको छैन।’

images

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङसमेत १४ जनालाई विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाइएकाहरूविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरिएको थियो। विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो।

यस्तो छ न्यौपानेको भनाइ-

badri-neupane-press-bigyapti-2.jpg
badri-neupane-press-bigyapti-3.jpg
badri-neupane-press-bigyapti-1.jpg


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend