शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

ग्रेटवालले नपाएको जीएमको भारतीय प्लान्ट हुन्डाईले किन्ने

images
मंगलबार, फागुन ३० २०७९
images
ग्रेटवालले नपाएको जीएमको भारतीय प्लान्ट हुन्डाईले किन्ने

सो प्रारम्भिक सम्झौताअनुसार हुन्डाईले तेलगाउँ फ्याक्ट्री रहेको जमिन, भौतिक संरचना तथा केही मेसिन र उपकरण खरिद गर्नेछ। 

images
images

काठमाडौं- भारतमा आक्रामक बजार विस्तारको योजनासहित अमेरिकी कम्पनी जनरल मोटर (जीएम)को प्लान्ट चिनियाँ कम्पनीले किन्न सकेन। भारत सरकारले ग्रेटवाल मोटरले ल्याउन चाहेको एफडीआई स्वीकृत नगर्दा उक्त प्लान्ट किन्न पाएन र जीएम र ग्रेटवालबीचको सम्झौता रद्द भयो। 

images
images
images

अब भने जीएमको सोही प्लान्ट कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले किन्ने भएको छ। सोमबार जीएम र हुन्डाईबीच जीएमको प्लान्ट खरिद गर्ने आसयको पत्रमा हस्ताक्षर गरेका हुन्। सो प्रारम्भिक सम्झौताअनुसार हुन्डाईले तेलगाउँ फ्याक्ट्री रहेको जमिन, भौतिक संरचना तथा केही मेसिन र उपकरण खरिद गर्नेछ। 

images
images

हुन्डाईले फोर्डको गुजरातस्थित सनासन्द प्लान्ट किन्ने इच्छा व्यक्त गरेको थियो तर सो प्लान्ट टाटा मोटर्सले खरिद गरेको हो। भारतमा कार बिक्रीमा हुन्डाई मोटस आक्रामक हुँदै गएको छ। त्यसैले आफ्नो उत्पादन बढाउन हुन्डाईले नयाँ प्लान्ट खरिद गरेको हो। 

images
images

चीनको सबैभन्दा ठूलो एसयूभी निर्माता कम्पनी ग्रेटवाल मोटर र जनरल मोटर (जीएम) इन्डियाबीच पुनेमा रहेको जीएमको प्लान्ट किन्ने सम्झौताको अवधि सकिएको २०२२ को मध्यतिर जीएमले घोषणा गरेको थियो। छ। दोस्रोपटक थपिएको समयमा समेत दुई कम्पनीबीच खरिद/बिक्रीको अन्तिम टुंगो लाग्न नसकेपछि जीएमले सो डिलबाट हात झिकेको थियो। 

दुई कम्पनीबीच सुरु सम्झौतापछि दोस्रो पटक समय थप हुँदासमेत भारत सरकारले ग्रेटवाल मोटरले ल्याउन लागेको चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकर नगर्दा उक्त सहमति भंग हुन पुगेको हो। दिल्लीले अटोमोबाइल क्षेत्रमा बेइजिङ प्रभाव राक्न उक्त एफडीआईलाई सहज रुपमा आउन नदिने नीति लिएका कारण ग्रेटवालको भारतमा सवारी उत्पादन गरेर बिक्री गर्ने योजनामा तत्काललाई पूर्णबिराम लागेको हो। 

ग्रेटवाल र जीएमबीच २०२० जनवरीमा ३० करोड अमेरिकी डलरमा प्लान्ट खरिद गर्ने सहमति भएको थियो। दोस्रो पटक थपिएको सम्झौताको सयम २०२२ जुन ३० मा सकिएको हो। ग्रेटवालले भारतमा जीएमको उक्त प्लान्ट खरिद गरेर १ अर्ब डलर लगानी गर्ने बताएको थियो।

अमेरिकी सवारी उत्पादक जीएमले भारतीयमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरि बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण २०१७ मा जीएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआईसी भारत प्रवेशका लागि सहज वातावरण बनेको थियो। 

एसएआईसीले जीएमको गुजरातमा रहेको हालोल प्लान्ट खरिद गरेको थियो। जीएमको उक्त प्लान्ट खरिदका लागि एसएआईसीको पूर्ण स्वामित्व रहेको एमजी मोटर इन्डियाले २ हजार करोड भारु खर्चेको थियो। एसएआईसी पछि ग्रेटवाल मोटर्स भारत आउन चाहन्थ्यो। तर उसको एफडीआई प्रस्ताव स्वीकृत नहुँदा तत्काललाई बाटो बन्द भएको छ। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend