मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

भोलिदेखि वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घट्दै, बैशाखदेखि ऋणीलाई पनि राहत

images
सोमबार, फागुन २९ २०७९
images
भोलिदेखि वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घट्दै, बैशाखदेखि ऋणीलाई पनि राहत
images
images

काठमाडौं- वाणिज्य बैंकपछि विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि ब्याजदर घटाएका छन्। भाेलि चैत १ देखि लागु हुनेगरी घटेको ब्याजदरले अर्थतन्त्रमा केही राहत दिने अपेक्षा गरिएको छ।

images
images
images

व्यवसायीहरूले अहिले माइतिघर छाडेर बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयमै धर्ना दिन थालेका छन्। निजी क्षेत्रकै अगुवाइमा ब्याजदर घटाउने आन्दोलन चलिरहँदा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी संघले ब्याजदर घटाएका छन्।

images
images

वाणिज्य बैंकहरू ऋणको ब्याजदर घटाउनमा केन्द्रित हुँदा विकास बैंक र फाइनान्स कम्पनीहरूले एक कदम अगाडि बढेर निक्षेपमा नै ब्याजदर घटाएका छन्। 

images
images

अब माघ र चैतको एकैपटक समायोजन हुँदा ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने छ। अहिले बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। बैकर्स संघको निर्णयसँगै ६ देखि ८ प्रतिशत कायम हुनेछ।

बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए। ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। 

चैतदेखि नै नयाँ ऋणीको ब्याजदर घट्ने भएपनि बैशाखदेखि पुराना ऋणीको ब्याजदर पनि २ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। 

विकास बैंक र फाइनान्सले घटाए

विकास बैंकहरूले मुद्दती निक्षेपको ब्याज दर घटाउँदै वर्गीकरण गर्ने निर्णय गरेको छ। डेभलपमेन्ट बैंकर्स संघको बैठकले एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरी ब्याज दिने निर्णय गरेको छ।

अहिले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरूले एक वर्षदेखि माथिको ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।

एक वर्षभन्दा कमको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन्। बचतको ब्याज साविकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। बचतमा विकास बैंकहरूले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने छन्।

फाइनान्स कम्पनीले पनि एक वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन्। मुद्दति निक्षेपको ब्याजदर एक वर्षदेखि माथि र त्योभन्दा कम अवधिका लागि भनेर दुईवटा निर्धारण गरिएको छ।

निक्षेप बढ्दा राहत 

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब नजिक पुग्दा ब्याजदर झनै घट्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूमा एकैदिन ७ अर्ब निक्षेप थपिएर ५३ खर्ब ८७ अर्ब निक्षेप पुगेको छ। 

यो तथ्यांकले अबको केही दिनमै ५४ खर्ब निक्षेप पुग्ने देखिएको छ। आइतबार साँझसम्म ५३ खर्ब ८० अर्ब रहेको निक्षेप सोमबार ७ अर्बले थपिएको हो। 

निक्षेप थपिँदा अल्पाकालीन तर्फका ब्याजदर पनि घट्दै गएको छ। अन्तर बैंक ब्याजदर ६.९९ प्रतिशत झरेको छ। केही दिन अगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो। निक्षेप र ऋणको सीडी रेसियोदर पनि ८६.२ प्रतिशतमा आइपुगेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो पुग्नका लागि बैंकहरूले अझै २ खर्ब भन्दा बढी ऋण प्रवाह गर्न सक्ने  देखिएको छ। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९२३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend