शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लक्ष्मी कमर्सियलले सुरु गर्‍यो एसएमएलका गाडीका लागि 'फ्रि सर्भिस क्याम्प'

images
सोमबार, फागुन २९ २०७९
images
लक्ष्मी कमर्सियलले सुरु गर्‍यो एसएमएलका गाडीका लागि 'फ्रि सर्भिस क्याम्प'

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु ल्याएर विभिन्न छुटसहित तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराइ सुविधा लिन ग्राहकहरुलाई लक्ष्मी कमर्सियलले अनुरोध गरेको छ।  

images
images

काठमाडौं- एसएमएल इसुजुका कमर्सियल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियलले निःशुल्क सर्भिस क्याम्प सुरु गरेको छ।  सोमबारदेखि सुरु भएको सर्भिस क्याम्प चैत ४ गतेसम्म सञ्चालन हुनेछ।

images
images
images

कम्पनीले काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सो क्याम्प सञ्चालन गरेको हो। ६ दिन सम्म सञ्चालन हुने यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको सतप्रतिशत फ्रि चेकजाँच सुविधा पाउने छन्। 

images
images

त्यस्तै क्याम्पमा सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि पूरै छुट दिइने कम्पनीले जनाएको छ। यसका अतिरिक्त विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने छ। यसका साथै लुब्रिकेन्टमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ भने स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको कम्पनीले जनाएको छ। 

images
images

फ्रि सर्भिस क्याम्पमा आउने ग्राहक तथा चालकहरुको लागि विशेष गिफ्टहरु प्रदान गरिनेछ। सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ। गाडीहरुमा भएको परिवर्तन र सञ्चालन विधि सम्बन्धी तालिम सञ्चालन गरिनेछ। 

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु ल्याएर विभिन्न छुटसहित तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराइ सुविधा लिन ग्राहकहरुलाई लक्ष्मी कमर्सियलले अनुरोध गरेको छ।  

ग्राहकहरुलाई  गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका विभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्टसको सुविधा दिँदै आएको छ। 

एसएमएल इसुजुले १४ सिटदेखि ५५ सिट क्षमतासम्मका  स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरुदेखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्दै आएको छ। ती सवारी  लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।   

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्। लक्ष्मी ग्रुपले एसएमएल इसुजुसहित हुन्डाईका र बीएमडब्लूका प्यासेन्जर कार हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटरलगायत हेभी इक्युपमेन्ट र लुब्रिकेन्टसमेत बिक्री गर्दै आएको छ। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend