बुधबार, कात्तिक १४ गते २०८१    
images
images

मकै, गँहुखेती छाडेर कफीखेतीमा खसर्काका महिला

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
images
मकै, गँहुखेती छाडेर कफीखेतीमा खसर्काका महिला

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ।

images
images

अर्घाखाँची- अर्घाखाँचीको शितगङ्गा नगरपालिका-३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन्। माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन्। 

images
images
images

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन्। मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताइन्। अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ। 

images

शीतगङ्गा-३ ठाडाका मित्रलाल बेल्वासेले दुईसय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएकी छन्। भारतमा रोजगारी गर्दै आएका उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन्। अब थप पाँच हजार कफीका बिरुवा लगाउने उनको योजना छ। 

images

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए। आठसय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ। ‘यहाँको कफीको विदेशमा माग बढेको छ’, पाण्डेले भने। 

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ ट्यांकीलगायत कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९१०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend