शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुगड समूहले ल्यायो नयाँ विद्युतीय स्कुटर, सार्वजनिक गर्दै कुलमानले भने- सबैले विद्युतीय सवारी प्रयोग गरौँ

images
सोमबार, फागुन २९ २०७९
images
दुगड समूहले ल्यायो नयाँ विद्युतीय स्कुटर, सार्वजनिक गर्दै कुलमानले भने- सबैले विद्युतीय सवारी प्रयोग गरौँ

विवेक अटोमोवाइल्सले स्पोर्टी डिजाइनको जी १ स्कुटर सार्वजनिक गरेको हो। यसमा २ किलोवाट क्षमताको मोटर रहेको छ, जसले ६.७ हर्सपावर र ३० एनएम टर्क जेनेरेट गर्छ।

images
images

काठमाडौं- दुगड समूह पनि दुई पांग्रे विद्युतीय सवारीको व्यापारमा प्रवेश गरेको छ। समूहले इन्डोनेसियाली ब्रान्डका विद्युतीय स्कुटर ल्याएर बिक्री सुरू गरेको हो।

images
images
images

जेसिस ब्रान्डको विद्युतीय स्कुटर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्कुटर सार्वजनिक गरेका छन्। दुगड समूहअन्तर्गतको विवेक अटोमोवाइल्स प्रालिले इन्डोनेसियन विद्युतीय स्कुटर ब्रान्ड जेसिट्स सार्वजनिक गरेको हो। सोमबार कम्पनीले नेपालमा पहिलोपटक उक्त स्कुटर ३ वटा रंगमा सार्वजनिक गरेको हो।

images
images

मोनोशक सस्पेन्सनसहितको पहिलो विद्युतीय स्कुटर कम्पनीको नक्साल शोरुममा सार्वजनिक गरिएको हो। जेसिट्स ब्रान्डको पोर्टफोलियोमा गेसिट्स जी १ र राया जी गरी दुई मोडल रहेका छन्।

images
images

विद्युतीय स्कुटर सार्वजनिक गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत खपतलाई बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिता दिनुपर्ने बताए। ‘प्रदूषण पनि नगर्ने र स्वदेशी ऊर्जा खपत पर्ने भएकाले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नुपर्छ। प्राधिकरण त्यसका लागि आवश्यक सहयोग गर्न तयार छ’, उनले भने। 

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतीय सवारी साधनहरु आइरहेका बताए। पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने उनको भनाइ छ। उनले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान समेत गरे।

‘सबैलाई म आह्वान गर्छु विद्युतीय सवारी साधन प्रयोग गर्नुस्। त्यसले दुईवटा काम गर्छ। एउटा, तपाईँ आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ। जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ। गाडीहरुमा प्रति किलोमिटर कस्ट एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा। ६० पैसादेखि ९० पैसाको हाराहारीमै विद्युतीय सवारी गुडाउन सकिन्छ। जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ', उनले भने, 'मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन। रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ। आगामी दिनमा सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ।’

त्यस्तै दुगड समूहका अध्यक्ष मोतिलाल दुगडले स्वदेशी विद्युत् खपत गर्दै वातावरणमैत्री सवारी नेपाल ल्याइएको बताए। इन्डोनेसियाली ब्रान्डले उत्पादन गरेको शक्तिशाली विद्युतीय स्कुटरले नेपाली उपभोक्ताको मन जित्ने उनको विश्वास छ। 

gesits 1.jpg

विवेक अटोमोबाइल्सले स्पोर्टी डिजाइनको जी १ स्कुटर सार्वजनिक गरेको हो। यस प्रकारको उत्पादनले पारम्पारिक स्कुटरहरु प्रतिस्थापन गर्न स्कुटर कार्यक्षमता र पर्यावरणवाद लागु गर्दछ। जेसिट्स स्कुटरमा ५ केडब्लूको विद्युतीय मोटर जडान गरिएको छ, यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ र एक पटक चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ।

ब्याट्री पूर्णचार्ज हुन ९० मिनेट मात्र लाग्छ, ब्याट्रीमा ब्याट्री बीडीएमएसले सुसज्जित छ जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सर्ट-सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ।

यो स्कुटरमा रहेको ब्याट्रीको तौल ८ किलोग्राम र बोक्न सजिलो हुन्छ। चार्ज गर्दा चार्जिङ गतिविधि ट्रयाक गर्न धेरै सजिलो बनाउँछ। स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ। यसले पूर्ण रुपमा चार्ज गर्न १.३ युनिट विद्युत् खपत गर्छ।

यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ। त्यस्तै डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्लेलगायत विशेषता स्कुटरमा उपलब्ध छ। नेपाली बजारमा उपलब्ध मोनोशक सस्पेन्सन भएको यो पहिलो विद्युतीय स्कुटर भएको दाबी कम्पनीले गरेको छ। 

दुई ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ र डबल ब्याट्रीसहितको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

कार्यक्रममा समूहकाका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड, निर्देशक विजय महतो तथा सेसिट्सको टिम सहभागी थियो। विगत लामो समयदेखि अटोमोबाइल व्यवसायमा रहेको दुगड समूहसँग हाल भेस्पा अप्रिलियाका स्कुटर महिन्द्राका कमर्सियल सवारीलगायत रहेका छन्। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend