शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

राजस्व छलीको नयाँ ट्रेन्ड - फर्म दर्ता गर्ने तर नातेदारको नाममा बैंक खाता चलाउने

images
आइतबार, कात्तिक ७ २०७८
images
राजस्व छलीको नयाँ ट्रेन्ड - फर्म दर्ता गर्ने तर नातेदारको नाममा बैंक खाता चलाउने

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानअनुसार काठमाडौं उपत्यकामा ठूला कर्पोरेट घरानामा आवद्ध व्यक्तिहरूले नै त्यसरी कारोबार लुकाउने गरेका छन्।

images
images

काठमाडौं- संस्थागत कम्पनी तथा फर्म दर्ता गर्नेले नातेदारको नाममा बैंक खाता सञ्चालन गरी राजस्व छली गर्ने गरेको नयाँ रहस्य खुलेको छ। काठमाडौंमा चलिरहेका कतिपय कम्पनी तथा फर्मका सञ्चालकले कारोबार फर्मको नाममा गरे पनि बैंक खाता भने व्यक्तिगत नाममा चलाउँदै आम्दानी लुकाउने गरेको भेटिएको हो। 

images
images
images

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानअनुसार काठमाडौं उपत्यकामा ठूला कर्पोरेट घरानामा आवद्ध व्यक्तिहरूले नै त्यसरी कारोबार लुकाउने गरेका छन्। 'कम्पनीको नाममा रहेको बैंक खातामा न्यून आय देखाइ कम्पनी घाटामा देखाउने र ठूलो रकम नातेदारको नाममा राखेर राजस्व छल्ने गरेको भेटिएको छ,' राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो। 

images
images

स्रोतका अनुसार नाबालक व्यक्तिहरूको नाममा रहेको खातामा समेत त्यसरी कारोबार भएको ठूलो रकम लुकाउने गरेको पाइएको छ। 'जोसँग बयान लिनै गाह्रो छ, त्यस्ता व्यक्तिको नाममा ठूलो रकम भेटिन थालेको छ,' अनुसन्धानमा संलग्न अधिकारीहरूले भने।

images
images

कम्पनीबाट भएका कारोबार लुकाउन र त्यसबाट लाग्ने राजस्व छल्न यो तरिका अपनाइएको अनुसन्धान अधिकृतहरू बताउँछन्। 'काठमाडौंकै केही उद्योगीले कामदार र छोराछोरीको नाममा समेत खाता चलाउने गरेको भेटिएको छ,' स्रोतले भन्यो, 'हामीले अहिले अनुसन्धानको एउटा मुख्य क्षेत्र व्यक्तिगत बैंक खाताको अध्ययन पनि मानेका छौँ।' 

स्रोतले दिएको जानकारीअनुसार व्यापारिक फर्म चलाउने अधिकांश कम्पनीहरूमा अहिले यो समस्या छ। व्यापारबाट प्राप्त आयमा तिर्नुपर्ने कर छली गर्न उनीहरूले विभिन्न व्यक्तिहरूको नाममा बैंक खाता चलाइरहेका छन्। विभागले व्यापारिक फर्मको खरिद र बिक्री खाताअनुसार हिसाब नमिलेको भेटेपछि शंकाको आधारमा व्यक्तिगत बैंक खातामाथि अनुसन्धान अघि बढाएको थियो। 

व्यापारिक फर्म सञ्चालकका नातेदारको बैंक खातामा छोटो समयमा नै ठूलो रकम जम्मा भएको भेटिएपछि अनुसन्धान नयाँ ट्रयाकमा अघि बढाइएको अधिकारीहरू बताउँछन्।


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend