काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्थाले गएको आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको वितरणयोग्य नाफाबाट ३० प्रतिशत सेयर लाभांश र १.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।