बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वित्तीय सूचकसँगै राष्ट्र बैंकको साथले समेत किन बढ्न सकेन निफ्राको सेयर मूल्य?

सोमबार, फागुन २९ २०७९
वित्तीय सूचकसँगै राष्ट्र बैंकको साथले समेत किन बढ्न सकेन निफ्राको सेयर मूल्य?

काठमाडौ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको दोस्रो बजारमा सेयर मूल्य ३४.२३ प्रतिशतले घटेको छ। एकवर्षअगाडि कम्पनीको सेयर मूल्य ३६० रुपैयाँ रहेकोमा घटेर २२१ रुपैयाँमा आइपुगेको छ।

साधारणा सेयर (आईपीओ) जारी भएर दोस्रो बजारमा कारोबार हुँदा ७७६सम्म पुगेको सेयर मूल्य घटेर १७६ रुपैयाँसम्म झरेको थियो। केही समय अगाडि बढेर ३६० रुपैयाँमा प्रतिकित्ता कारोबार भएको कम्पनीको सेयर मूल्य अहिले घटेर २२१ रुपैयाँमा आईपुगेको छ। जुन मूल्य एकवर्षको अवधीमा ३४.२३ प्रतिशतको गिरावट हो। 

दुई वर्षयताको तुलनामा भने शतप्रतिशतले मूल्य घटेको छ। जसका कारण निराश लगानीकर्तामा ६ महिनाको वित्तीय विवरणले भने आशा जगाएको देखिएपनि सेयर मूल्य भने बढ्न सकेको छैन। 

nifra.JPG

दुईवर्षअगाडि प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। 

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रालाई अन्य संस्थामा निक्षेपको रुपमा ब्याज खाने गरि रकम राख्ने बाटो खुलेको छ। यस अघि स्थापना भएको ४ वर्षसम्म मात्र निक्षेप राख्न सकिने ब्यबस्था भएकोमा नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै पाचौ वर्षमा पनि  निक्षेप राख्न सकिने ब्यबस्था गरेको हो ।

६ महिनामा वित्तीय सूचक उत्साहप्रद

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुवै बढेको देखिन्छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३।०९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४१.३० प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेको छ।


प्रकाशित : सोमबार, फागुन २९ २०७९०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend