काठमाठौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।