काठमाडौं- युनिलिभर नेपालले चुक्तापुँजी बढाउने भएको छ।
९ करोड २० लाख ७० हजार रहेको कम्पनीको चुक्तापुँजी आगामी वर्ष १२ करोड रुपैयाँ पुर्याउने सञ्चालक समितिले प्रस्ताव गरेको छ।
योसँगै युनिलिभरले आगामी वर्ष सम्भवत: सेयरधनीलाई २३.२७५ प्रतिशत बोनस सेयर दिइने छ।
कम्पनीले आर्थिक वर्ष ७७\७८ को मुनाफाबाट प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। कम्पनीको साधारणसभा कात्तिक ११ गते बस्ने छ।