आइतबार, भदौ २३ गते २०८१    
images
images

पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाई बीच सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ७ २०७८
images
images
पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाई बीच सम्झौता 

अक्टोबर २२ मा नयाँ दिल्लीमा एनटीबीका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र टाईका अध्यक्ष ज्योती मायालले सम्झौतामा हस्ताक्षर गरेका हुन।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)बीच  पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ। 

images
images
images

अक्टोबर २२ मा नयाँ दिल्लीमा एनटीबीका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र टाईका अध्यक्ष ज्योती मायालले सम्झौतामा हस्ताक्षर गरेका हुन।

सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट,रोड सो,वेवीनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम,ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन्। 

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए। एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन य प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनले बताए। 

images


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend