शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चैते धान खेती विस्तार गरिँदै, किसानको मागका आधारमा खेती 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २७ २०७९
images
चैते धान खेती विस्तार गरिँदै, किसानको मागका आधारमा खेती 
फाइल तस्बिर

स्थानीय तहहरूले किसानको मागका आधारमा चैते धान खेती कार्यक्रम सञ्चालन गरेका छन् भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले चैते धान खेतीका लागि किसानसँग आवेदन माग गरेको छ।

images
images

कैलाली- कैलालीमा यस वर्ष १ हजार १ सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ। कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो। 

images
images
images

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रमअन्तर्गत कैलालीमा चैते धान खेती हुँदैछ।

images
images

धान खेती भजनी, टीकापुर, घोडाघोडी नगरपालिका, कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा गरिँदैछ। जसमध्ये वर्खामा डुबान हुने क्षेत्रमा धेरै क्षेत्रफलमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए। 

images
images

'बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ', उनले भने, 'भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो। भजनीसहित केही पालिकामा बर्सातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ।'

यस्तै सङ्घीय सरकारको सहयोगमा धान खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानको आवेदन सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।

स्थानीय तहहरूले किसानको मागका आधारमा चैते धान खेती कार्यक्रम सञ्चालन गरेका छन् भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले चैते धान खेतीका लागि किसानसँग आवेदन माग गरेको छ। जसअनुसार अहिले टीकापुर क्षेत्रमा चैते धान खेती सहयोगका कार्यक्रम रहेका आयोजनाका बाली विकास अधिकृत जयबहादुर महतराले बताए।

'सिँचाइ आयोजना कृषितर्फले हरेक वर्ष धान खेती प्रोत्साहनमा सघाउँदै आएको छ। यस वर्ष चैते धानका लागि पनि किसानलाई प्रोत्साहन तथा सहयोगका कार्यक्रम छन्', उनले भने, 'अहिलेसम्म दुई हेक्टरलाई माग आएको छ। धान खेतीका लागि किसानलाई बीउ, मल, प्राविधिक ज्ञान, उपकरणजस्ता कुरामा आयोजनाले सहयोग गर्ने गरेको छ।'

आयोजनाले किसानलाई चैते धान खेतीको लागि बीउ तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिएको छ। सिँचाइ सुविधा सहज भएको ठाउँमा चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्विन्टलसम्म रहेको प्राविधिक बताउँछन्।

चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै बाह्यबाट आउने चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पुर्‍याउने बाली विकास अधिकृत रामनारायण चौधरीले बताए। चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन्। रासस


प्रकाशित : शनिबार, फागुन २७ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend