काठमाडौं- लगानीकर्ताका लागि आकर्षक कम्पनी हेर्दा मुख्यत: उक्त कम्पनीले दिने लाभांश नै हेरिन्छ। जुन कम्पनीले लगानीकर्तालाई आकर्षक लाभांश दिने गरेका छन्, दोस्रो बजारमा आकर्षक सोही कम्पनी हुने गरेको छ।
गत वर्षको नाफाबाट अधिकांश कम्पनीले दिने लाभांश घोषणा गरेर धमाधम पारित गर्दैछन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २५० कम्पनी सूचीकृत छन्।
लघुवित्त समूहमा जाल्पा सबैभन्दा धेरै नाफा दिने कम्पनीमा पर्दछ। गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जुन राष्ट्र बैंकबाट अझै स्वीकृत हुन सकेको छैन। अधिकांश लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कडाइ गरेर संशोधन गरेकोले जाल्पाको पनि घट्न सक्छ।
वाणिज्य बैंक समूहबाट गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक हो। बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको हो।
विकास बैंक समूहबाट गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको हो।
फाइनान्स समूहबाट आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको हो।
होटल समूहबाट सोल्टी होटलले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गरेको हो।
जलविद्युत समूहमा रिडी पावर कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको हो।
इन्भेष्टमेन्ट समूहमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले वितरण गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको हो।
उत्पादन समूहमा जसमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले वितरण गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १ हजार २१५ प्रतिशत नगद गरी लाभांश वितरण गरेको हो।
निर्जीवन बीमा समूहबाट शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गरेको हो। अन्य समूहबाट जसमध्ये नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो।
ट्रेडिङ्ग समूहबाट साल्ट ट्रेडिङ्गले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव भएको हो।