बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

साहस ऊर्जाका सेयरधनीले सुरुमै ४०५० रूपैयाँ कमाउने, कहिले होला कारोबार?

images
आइतबार, कात्तिक ७ २०७८
images
images
साहस ऊर्जाका सेयरधनीले सुरुमै ४०५० रूपैयाँ कमाउने, कहिले होला कारोबार?
images
images

काठमाडौं- साहास ऊर्जाका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने देखिएको छ।

images
images
images

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १३५.११ रुपैयाँदेखि अधिकतम ४०५.३३ रुपैयाँको रेञ्ज पाउने देखिन्छ। यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने छन्।    

images
images

पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थ १३५.११ रुपैयाँ छ। 

images
images
images

नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। 

कम्पनीको आईपीओ बाँडफाँटमा ६ लाख ४४ हजारले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीले सर्वसाधारण समूहको ७० करोड रुपैयाँमध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषमा रहेकाहरुले प्राप्त गरेका छन्।

कर्मचारी र सामूहिक लगानीकोषलाई बाँडफाँट गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरुलाई बाँडफाँट गरिएको हो। 

कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो।

तर अहिलेसम्म पनि सेयरधनीहरुको डिम्याटमा सेयर आउन सकेको छैन। दोस्रो बजारमा कारोबारका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्छ। त्यसपछि मात्रै दोस्रो बजारमा कारोबार सुरु हुनेछ।


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend