शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेपाल भित्रिए सुजुकीका ग्राण्ड भिटारा र नयाँ ब्रेजा 

images
शुक्रबार, फागुन २६ २०७९
images
नेपाल भित्रिए सुजुकीका ग्राण्ड भिटारा र नयाँ ब्रेजा 

सीजी मोटोकर्पले ग्रान्ड भिटाराको सुरुवाती मूल्य ६३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

images
images

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङस् अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ। सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। 

images
images
images

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिजम डिजाइनको प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ। 

images
images

सुजुकीको लेजेन्डरी अल-ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ-रोड क्षमता बढाउँछ। साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ विशेषताहरु पनि पाइने कम्पनीले जनाएको छ। ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ।  

images
images

त्यस्तै पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट-जेनेरेशनको आराम र सुविधाजनक विशेषताहरु छन्। ठूलो फड्को मार्दै यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ। नयाँ ब्रेजामा हाई-टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ। सीजी होल्डिङस्का कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ। यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन हुन् जसको लागि एसयूभी उचित हुन्छ।

साथै ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटोमोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेकाले सुजुकीका सवारी धेरैको राजाइमा परेको बताए। सेगमेन्ट-फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा यो सेगमेंटमा गेम भेन्जर हुने विश्वास चौधरीको छ। सुजुकीले इलेक्ट्रिफिकेसनको आधार बनाइरहेको समेत उनले बताए। ‘सुजुकीले किन विद्युतीय कार ल्याएन भन्ने धेरैलाई लागेको छ जुन स्वभाविक हो,’ चौधरीले भने, ‘सुजुकीले पूर्णविद्युतीय प्लेटफर्ममा विद्युतीय कार ल्याउने बताइसकेको छ। त्यसैका आधारका रुपमा हाइब्रिडलाई लिएर पूर्वाधार बनाउने लागेको हो।’ 

न्यू ग्रान्ड भिटाराका मुख्य विशेषता  

क्राफ्टेड फ्युचरिज्म डिजाइन 

भविष्यबाट प्रेरित, यो डिजाइन भाषा नयाँ नेपाली ग्राहकको राजाईसँग मेल गर्न विशेष रूपमा तयार गरिएको छ। यो डिजाइन तीन मुख्य आधारमा प्रतिबद्ध हुन्छ। 

नयाँ-युगको नेक्सटेक प्रविधि

ग्रान्ड भिटारा दुई फरक इन्जिनका विकल्पहरूमा उपलब्ध छन्।

१.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन

दोहोरो पावर प्रणाली : विद्युतीय मोटर र पेट्रोल इन्जिन

आफै चार्ज हुने र इनर्जी रिजेनेरेसन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन

फरक बाटोको लागि फरक फरक ड्राइभ मोडहरू ईभी, इको, पावर र नर्मल। 

उत्कृष्ट पावर र पिकअप 

सेग्मेंट मै राम्रो माइलेज २७.९७ किमी प्रतिलिटर

प्रोग्रेस्सिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट-जेन के-सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन

ब्रेक इनर्जी रि-जेनेरेसन र टर्क असिस्ट 

आइडल स्टार्ट स्टप 

२१.११  किमी.प्रतिलिटरसम्मको माइलेज

नेक्स्ट-जेन पावरट्रेन को साथै द ग्राण्ड भिटारामा नेक्स्ट-जेन प्रबिधिहरु पनि छन्। 

सुजुकी टेक्ट प्लेटफार्म (विश्वव्यापी सी-प्लेटफार्म) मा निर्मित ग्रान्ड भिटारा सुजुकी सुरक्षा शिल्डद्वारा सुरक्षित छ। ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र चारवटै चक्कामा डिक्सब्रेक, टायर प्रेसर मोनिटरीङ सिस्टमलगायत विशेषता छन्। 

ब्रेजाका विशेषता 

आधुनिक र आरामदाई इन्टेरियर 

स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न 

चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश 

गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन

फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट 

फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगिन मल्टी इन्फरमेसन डिस्प्ले 

फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आराम्दाई बनाउछ

सुरक्षा विशेषतामा ६ वटा एयरव्याग, सबै भेरियन्टमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल र हिलहोल्ड असिस्ट। २० भन्दा बढी सुरक्षा सुविधाहरूः रिभर्स पार्किङ सेन्सर, हाई-स्पीड अलर्ट सिस्टम रहेका छन्। 

नेक्स्ट-जेन पावरट्रेन र ट्रान्समिसन

प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट-जेन के- सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन रहेको छ र यसले २०.१५ किमी प्रतिलिटरसम्मको उत्कृष्ट माइलेज दिन्छ। 

सीजी मोटोकर्पले ग्रान्ड भिटाराको सुरुवाती मूल्य ६३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। त्यस्तै यसको अधिकतम मूल्य ८८ लाख २९ हजार रुपैयाँ रहेको छ। त्यस्तै नयाँ ब्रेजाको सुरुवाती मूल्य ४४ लाख ९९ हजार रुपैयाँ ५६ लाख २९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले सुरुवाती चरणमा दुवै कार किन्नेलाई आकर्षक नगद छुटको व्यवस्था गरेको छ। 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend