बिहीबार , जेठ १८ गते २०८०

कृषकलाई उन्नत जातको मकैको बीउ वितरण, व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

images
images
विजनेस न्युज
कृषकलाई उन्नत जातको मकैको बीउ वितरण, व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै
images
images
images

तनहुँ- तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो।

images
images
images

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो। कृषकलाई अरुण-२, रामपुर कम्पोजिट, मनकामना-३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्। प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताइन्।

'हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ', बगालेले  भनिन्, ‘बाँकी बीउ वितरण जारी छ।'

images

उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो १ सय ३० देखि १ सय ५० रूपैयाँ कायम गरिएको छ। कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ। 

व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२  मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो।

यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ। एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ। रासस

images

प्रकाशित : शुक्रबार, फागुन २६ २०७९१०:१२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ