शुक्रबार, जेठ ११ गते २०८१    
images
images

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
images
बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

गिरीको अनुभवमा ठाउँ परिवर्तन गर्दै र तातो ठाउँमा बदाम धेरै फल्छ। नयाँ बारीमा सुरू गर्दा एक बोरा धान फल्ने ठाउँमा पाँच बोरासम्म उनले बदाम फलाएका छन्। बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उनको अनुभव छ।

images
images

बझाङ- खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका नारु गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो।

images
images
images

विसं २०५८/५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरू गरेका गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्यबाली आफै पटक-पटक परीक्षण गर्दै खेती बढाएका हुन्। व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ला किसान हुन्, नारु। 

images

विभिन्न तरकारी, खाद्यबाली र फलफूलको परीक्षण गरेका उनलाई सबैभन्दा बढी सफलता भने बदाम खेतीबाटै मिलेको छ। एक बोरा धान फल्ने गह्रामा तीन बोरा बदाम फल्ने भएपछि उनी बदामतर्फ आकर्षित भएका हुन्।

images
images

‘बाजुराबाट आइसकेपछि तरकारी खेतीतर्फ लागेँ, त्यसबेलामा मेरै बारीमा हरियो साग, गोलभेँडा र आलु राम्रो उत्पादन हुन्थ्यो’, उनले भने, ‘गाउँमा सबैले तरकारीखेतीमा लागेपछि हामीले आफूलाई पुग्ने मात्रै तरकारी खेती गरेर बाँकीमा बदाम खेती सुरू गर्‍यौँ।’ 

images
images

गिरीलाई बदाम खेती गर्न धेरै संघर्ष गर्नु परेन। वर्षौंदेखि बाँझो रहेको जमिनमा बदाम लगाएपछि सुरूकै वर्ष आकर्षक उत्पादन भएको थियो। त्यो बेलाको अवस्था सम्झँदै गिरी भन्छन्, ‘पहिलो वर्ष उत्पादन भएको एक बोरा बदाम त धनगढी पनि पुर्‍याएको थिएँ।’ 

गिरीले हरेक पटक फरक-फरक खेती गर्छन्। उनले हरेक खेती पटक-पटक राम्रो हुँदैन भन्ने बुझेका छन्। ‘एक वर्ष धान रोपे अर्को वर्ष मकै, त्यसपछि आलु, अदुवा, लसुन, प्याज। केही न केही फरक खेती लगाएकै हुन्छु। त्यसले उत्पादन कहिल्यै घट्दैन’, उनले भने। हरेक वर्ष फरक-फरक खेती गरेमा बेसा (खाद्यान्न) गर्नु नपर्ने उनी बताउँछन्। 

गिरीको अनुभवमा ठाउँ परिवर्तन गर्दै र तातो ठाउँमा बदाम धेरै फल्छ। नयाँ बारीमा सुरू गर्दा एक बोरा धान फल्ने ठाउँमा पाँच बोरासम्म उनले बदाम फलाएका छन्। बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उनको अनुभव छ। ‘हरेक खेती जति फेरबदल भयो त्यति राम्रो हुन्छ’, उनले भने।

खप्तडछान्ना गाउँपालिकाका कृषि शाखाका निमित्त प्रमुख गौरीेशंकर रोकायाले पनि बदामका लागि ठाउँ फेरिनुपर्ने बताउँछन्। ‘बदाम बगर क्षेत्र र गर्मीमा राम्रो उत्पादन हुन्छ,’ उनले भने, ‘ताप बढी भइरहने ठाउँ बदाम खेतीका उपयुक्त मानिन्छ।’ बदाम खेती बढाउनका  लागि पालिकाले किसानलाई पनि सल्लाह तथा सुझाव दिनुका साथै अनुदानका कार्यक्रम पनि ल्याएको छ। 

खप्तडछान्ना गाउँपालिकामा व्यावसायिक रूपमा गिरीबाहेक बदामखेती अरू कसैले गरेको छैन। गिरीले पनि आफ्नै बारीमा मात्रै बदाम खेती गरिरहेका छन्। ‘मैले पनि धेरै लगाउन सकेको छैन,’ गिरीले भने, ‘एक त हाम्रोतिर ठाउँ पनि खासै छैन। भएको जमिनमा पनि फरक(फरक खेती गरिएको छ।’ 

गिरीले स्थानीय सरकारले पनि बजारका लागि सहयोग गर्ने आश्वासन दिएकाले अर्को वर्षदेखि थप जमिनमा बदाम लगाउने तयारी गरेको बताए। कृषि शाखाका निमित्त प्रमुख रोकायाले व्यावसायिक कृषि खेती गर्ने किसानका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हामीले यसभन्दा अगाडि पनि सहयोग गर्दै आएका हौँ। यसपटक पनि अनुदानका कार्यक्रम ल्याएका छौँ । किसानले बजारको चिन्ता लिनुपर्दैन’, उनले भने। रासस 


प्रकाशित : बुधबार, फागुन २४ २०७९११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend