शनिबार, चैत १८ गते २०७९

कोरियामा सीप सिकेर नेपालमा उद्यम

images
images
विजनेस न्युज
कोरियामा सीप सिकेर नेपालमा उद्यम

कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्किएका थिए। सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए।

images
images

नवलपुर- वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली विदेश जान्छन्। वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन्। 

images
images
images

वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गरेका छन्। उनले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आएका छन्।

उनी यतिबेला नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन्।

चितवनको भरतपुर-५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक तीन लाख रुपैयाँ आम्दानी गर्थे।

गिरी अहिले आफू उद्यमी मात्रै बनेनन् कम्पनीमा आठ जनालाई रोजगार पनि दिएका छन्। भरतपुर-५ शान्तिचोकमा ‘उरी मःमः’ कम्पनी सञ्चालन गरेका छन्। कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए।

'हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ', गिरीले भने, 'बीस लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी एक करोड पुगेको छ।' 

कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्किएका थिए। सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए। सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेको थियो भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ। 

कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए। 'मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ। छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ', गिरीले भने। 

'फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ', गिरीले भने, 'हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरुले फ्रोजन मःम हो भनेर बिक्री गर्नसक्नुभएको छैन।' 

उनले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताए।

'मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्‍याउँदै आएका छौँ', उनले भने। रासस

images

प्रकाशित : मंगलबार, फागुन २३ २०७९०६:५६
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ