बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख हस्तान्तरण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
images
एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख हस्तान्तरण

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

images
images

काठमाडौं- एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रकम उपलब्ध गराएको छ। 

images
images

बैंकको सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीको शुद्धोधन गाउँपालिकाका मृतक खरेलको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए। 

images
images

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

images
images

हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरेबापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको बैंकले जनाएको छ। जसमध्ये घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रूपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन्। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend