बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

८ अर्बभन्दा बढीको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण सुरू

सोमबार, फागुन २२ २०७९
८ अर्बभन्दा बढीको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण सुरू

दुईवटै कामको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। ट्याक्सी वे निर्माणको जिम्मा गाङ्छू मेकानाइज इन्जिनियरिङले पाएको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ अर्ब रुपैयाँभन्दा बढीको लागतमा विमानस्थ ह्याङगर एप्रोन र ट्याक्सी वे  निर्माणको काम सुरू हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले दुईवटै काम सुरू भएको जनाएको छ। आयोजना निर्देशक दिपेन्द्र श्रेष्ठले ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण काम सुरू भएको बताएका हुन्।

दुईवटै काममा लागि कम्पनी छनोट भइसकेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अहिले निर्माणको काम पाएका कम्पनीहरुले साइट क्लिरेन्सको काम थालनी गरिसकेका छन्।

दुईवटै कामको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। ट्याक्सी वे निर्माणको जिम्मा गाङ्छू मेकानाइज इन्जिनियरिङले पाएको छ। यो कामका लागि प्राधिकरणले सवा ४ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। यसैगरी ह्याङगर एप्रोनका लागि एभिक केडीएन-सीसीईसीसीले पाएको छ।

दुईवटै कम्पनीले निर्माणको काम ३ वर्ष भित्रै सम्पन्न गर्नुपर्ने छ। यो काममा लागि पहिलो पटक २०२० को डिसेम्बरमा टेन्डर भएको थियो। तर टेन्डर पछि विभिन्न प्राविधिक कारणले गर्दा कम्पनी छनोटका काम अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द भएको थियो।

एकवर्ष अगाडि प्राधिकरणका महानिर्देशको जिम्मेवारीमा आएका इन्जिनियर प्रदीप अधिकारले काम अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसपछि आयोजनाले पनि लामो समयदेखि रोकिएको काम अगाडि बढाएको थियाे।

अब निर्माणको क्रममा कुनै अवरोध नभएको अवस्थामा र निर्माण कम्पनीले समयमा काम गरेको अवस्थामा ३ वर्षभित्रै विमानस्थलमा ८ अर्ब भन्दा बढीको लागतमा ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण हुनेछ।

यो काम सम्पन्न भएपछि विमानस्थलको उडान तथा अवतरण क्षमता बढ्ने महानिर्देशक अधिकारी बताउँछन्।


प्रकाशित : सोमबार, फागुन २२ २०७९०३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend