शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

विज्ञलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्रीसमक्ष उद्योगी व्यवसायीको माग 

images
बिजनेस न्युज
images
images
विज्ञलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्रीसमक्ष उद्योगी व्यवसायीको माग 

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समसामयिक विषय सरकारी र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए। 

images
images

काठमाडौं- उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष अर्थतन्त्रका बारेमा जानकारलाई अर्थमन्त्री बनाउन माग गरेका छन्। 

images
images
images

अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा निजी क्षेत्रका प्रतिनिधमुलक संस्थाको नेतृत्व गरेर जाने उद्योगी व्यवसायीहरूले जटिल अवस्थामा विषयगत जानकारी तथा जनभावना बुझेका सांसदलाई अर्थमन्त्री बनाउन माग गरेका हुन्। 

images

अर्थतन्त्रमा एउटामात्र नभएर धेरै समस्या भएको र प्राविधिक रुपमै समाधान खोज्नुपर्ने अवस्था आएकाले उपलब्ध मध्येबाट सम्भव भएसम्म अर्थतन्त्रका बारेमा जानकारी राख्ने, निजी क्षेत्र, उद्दम व्यवसायका बारेमा चासो भएकालाई अर्थमन्त्रीका रुपमा नियुक्त माग गरिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। 

images

'अहिलेका समस्याका बारेमा हामीले सबै कुरा सम्माननीय ज्यूलाई भनेका छौं। अर्थमन्त्रीका विषयमा पनि हामीले धारणा राखेका थियौं। यो राजनीतिक विषय भएका ठोस जवाफ त दिनुभएन तर उहाँल ग्रहण गर्नुभएको छ' मल्लले भने। 

images
images

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समसामयिक विषय सरकारी र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए। 

उक्त अवसरमा निजी क्षेत्रको तर्फबाट वर्तमान समस्यामा बैंकिङ समस्या पनि उत्तिकै रहेको तथा सार्वजनिक वित्त पनि समस्याग्रस्त हुँदै गएकाले सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका थिए। 

बैंकिङ क्षेत्रदेखि समग्र अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायीले महसुस गरेको, भोगेका विषयका बारेमा जानकारी गराइएको मल्लले बताए। 

'अहिलेको मुख्य समस्या ब्याजदर भएको छ। हिजो ७ प्रतिशतमा लिएको ऋण अहिले १५ प्रतिशत पुगेको छ। ब्याज तिर्ने नसक्ने अवस्थामा धेरै पुगेका छन्। यसको असर दिर्घकालसम्म पर्नसक्छ। यसको समाधानका लागि बैंकलाई पनि असर नगर्ने, उद्योगी व्यवसायीलाई पनि राहत हुनेगरि बाटो खोज्नुपर्ने धारणासहित सुझाव हामीले दियौं' उनले भने। 

अहिलेको अवस्थामा आधार दर पनि धेरै भएकाले घटाउन सकिने, प्रमियम पनि कसैलाई ६ प्रतिशतसम्म लिने गरिएकाले बढीमा २ प्रतिशतसम्म मात्र लिने, बैंकदर पनि अहिलेको अवस्थामा ५ प्रतिशतमा सीमित गर्न सकिने र यसबाट बैंकको व्यापारको भोल्युम बढ्ने धारणा राखिएको मल्लले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रका समस्याका बारेमा गम्भिर रहेको बताएका थिए। पहिलो बैठकबाटै आर्थिक समस्या समाधानका लागि काम गरिने निर्णय गरिएको र निरन्तर रुपमा त्यसका लागि लागिपरेको उनले बताएका थिए। 

अहिलेको समयमा देखिएका समस्या र यी समस्या समाधानका लागि गर्नुपर्ने कामका बारेमा अध्ययन गर्न एउटा कार्यदल बनाउने उनले घोषणा गरेका थिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्षकै नेतृत्वमा विज्ञसहितको कार्यदल बनाइने र यसका लागि आवश्यक पर्दा निजी क्षेत्रसँग आफू निरन्तर सम्वाद रहने उनको प्रतिबद्धतता थियो। 

आजको छलफलमा मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मालगायतको सहभागिता छ।

images

प्रकाशित : आइतबार, फागुन २१ २०७९१०:५५
प्रतिक्रिया दिनुहोस