बुधबार, जेठ २ गते २०८१    
images
images

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पूरा, संकटको निकास दिन भेला  

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ६ २०७८
images
images
एनसीसीहरुको विश्व सम्मेलनको तयारी पूरा, संकटको निकास दिन भेला  

सबै एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए। एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक संकटकालिन स्थितिमा  एनआरएनए पुगेको टिप्पणी गरे।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेकाे  छ। भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न उनीहरुले आग्रह गरेका छन्।

images
images
images

महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ।

images

पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए। ‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि  नै भेला आयोजना गरेका हौं’ उनले भने। यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे।

images
images

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं। यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुबैलाई अनुरोध गरेका छौं। विधानको १६.४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ। हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं।’

images
images

संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व  भेला आयोजना गर्न लागेको उनले बताए। भेला उद्घाटनमा परराष्ट्रमन्त्री, संघका पूर्वअध्यक्षहरु, आईसीसीका पदाधिकारीहरुलाई निमंत्रणा गरिएको उनले बताए। त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए।

सबै एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए। एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक संकटकालिन स्थितिमा  एनआरएनए पुगेको टिप्पणी गरे।

‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने या नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो।’

कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताइन् । ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उनले भनिन्, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु ।’
 
कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत नै रहेको स्पष्ट पारे।

images

प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०७:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend