शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

नेपालमै मोटरसाइकल उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित आएको बंगाली ब्रान्ड रनर अन्ततः बिदा भयो

२०१७ मा रमन मोटर्सले भित्र्याएको थियो ब्रान्ड

images
images
images
नेपालमै मोटरसाइकल उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित आएको बंगाली ब्रान्ड रनर अन्ततः बिदा भयो

आयातकर्ता र उत्पादकबीच लामोखिचातानी हुँदा रनरले अर्को आधिकारिक बिक्रेता नपाएर ब्रान्ड नै नेपालबाट बाहिरिएको छ। अन्य ब्रान्ड लिन कर्पोरेट हाउसबीच घम्साघम्सी नै पर्ने गरेकोमा रनर ब्रान्ड लिन भने कोही तयार हुने अवस्था बनेन। 

images
images

काठमाडौं- बंगलादेशी मोटरसाइकल कम्पनी रनर नेपालबाट बाहिरिएको छ। अपेक्षाकृत बिक्री हासिल गर्न नसकेको, प्रोडक्ट पर्फेक्ट नभएको र उत्पादक कम्पनी तथा आधिकारिक बिक्रेताबीच निरन्तर ‘टसल’ हुँदा बंगाली ब्रान्ड नेपाली बजारबाट बिदा भएको हो। 

images
images
images

२०२० को नोभेम्बरदेखि नै रनरका मोटरसाइकल नेपाल भित्रिन सकेका थिएनन्। २०७८ फागुनसम्म पनि मोटरसाइकल आयात गर्ने र नेपालमै एसेम्बल उद्योग स्थापना गर्ने विषयमा कम्पनी र आयातकर्ताबीच छलफल भइरहेकै थियो। तर अब भने दुवैपक्ष सहकार्य गर्न नसक्ने अवस्थामा पुगेका छन्। 

images

रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्स रहेको छ। रमन जनरल अन्तर्गत रमन कन्स्ट्रक्सन, रमन मोटर्सलगायत कम्पनी रहेका छन्। कम्पनीले २०१७ मा बंगलादेशी कम्पनी रनर अटोमोबाइल्सको उत्पादन रनर मोटरसाइकल आधिकारिक रुपमा ल्याएकोमा कोभिडपछि समस्या सुरु भएको थियो।  

images

SR_Rampur-tarkarikheti.jpg

images
images

रमन मोटर्सले रनरका मोटरसाइकल देशभर विस्तार गर्न स्थानीय डिलरको संख्या बढाउँदै लगेको थियो। तर कोरोना महामारीलगायतका कारण आयातकर्ता र स्थानीय डिलरबीच मतैक्य नहुँदा क्रमशः डिलर बन्द हुँदै गए। उक्त उत्पादक र आयातकर्ताबीच पनि कुरा नमित्दा समस्या बिकराल बन्दै गएको थियो।  

रमन मोटर्स र रनर अटोमोबाइल्स बंगलादेशबीच उत्पादित मोटरसाइकलको स्पेसिफिकेसनबाट विवाद सुरु भएको कम्पनी उच्च स्रोतले बिजनेस न्युजलाई बतायो। ‘विवाद सुरु हुनुको कारण, नेपाल आउने मोटरसाइकलमा केही परिमार्जन गर्न रनरलाई भनियो,’ स्रोतले भन्यो, ‘तर उत्पादक कम्पनीले भनेअनुसार काम नगरेकाले समस्या आएको हो। यसमा कोरोनाले मलजल थप्यो र अहिले विवाद उत्कर्ष भएर रनर ब्रान्ड नै नेपालबाट बाहिरियो।’ 

एक वर्षदेखि रनरका मोटरसाइकल आयात ठप्प एक वर्षदेखि रनरका मोटरसाइकल आयात ठप्प

रनरका विभिन्न ९ वटा मोडल नेपालमा आयात हुँदै आएको थियो। रनरका मोटरसाइकलले राम्रो बजार विस्तार गरिरहँदा कोरोनाले असहज अवस्था ल्याइदिएको कम्पनीको भनाइ छ। हाल नेपालमा रनरका एक सयभन्दा बढी मोटरसाइकल स्टकमा रहेका छन्। सबै डिलर बन्द भइसके पनि ललितपुरमा रहेको रमन मोटर्सको आफ्नै शोरुममा ती स्टक मोटरसाइकल थन्क्याएर राखिएका छन्।

त्यस्तै रमन मोटर्सले मोटरसाइकल आयात हुन छाडेपछि अधिकांश कर्मचारी कटौती गरेको थियो। गत फागुनदेखि भने कम्पनीमा सीमित संख्यामा कर्मचारी थिए। ब्रान्ड नै बिक्री नगर्ने भएपछि रमन मोटर्सले चार महिनाअघि सबै कर्मचारीलाई बिदा गरेको थियो। 

एसेम्बल योजनाले पनि साम्य भएन विवाद

SR_Rampur-tarkarikheti.jpg

निर्माण व्यवसायमा रहेको रमन जनरलकै अर्काे कम्पनी रमन मोटर्सले रनरका मोटरसाइकल आधिकारिक रुपमा भित्र्याएको थियो। रमन मोटर्सका अध्यक्ष रमन महतो रनरका माोटरसाइलक नेपालमै एसेम्बल गर्ने महत्वाकांक्षी योजनासहित ब्रान्ड भित्र्याएका थिए।  

रमन मोटर्सले आयात सुरु गरेको केही समय लगत्तै रनरका मोटरसाइकल एसेम्बल गर्ने बताएको थियो। तर कम्पनीले नेपालमा एसेम्बल गर्नेबारे ठोस निर्णय गर्नुको साटो रमन मोटर्स र रनर बंगलादेशबीच उत्पादित मोटरसाइकलका विषयमा विवाद चर्किँदै गयो। रमनले रनरका केही मोडलमा परिमार्जन गरेर पठाउन गरेको आग्रहमा रनरले अटेरी गरेको निष्कर्ष रमनले निकाल्यो। 

जसको परिणामस्वरुप गएको दुई वर्षयता रनरका मोटरसाइकल नेपाल आयात भएन भने सोहीबीचमा एसेम्बलबारे रमनले आग्रह गर्‍यो। रमन मोटर्सका अध्यक्ष रमन महतो आफूले गरेको आग्रहमा उत्पादक कम्पनीले बेवास्ता गरेको भन्दै रनरका मोटरसाइकल आयात गर्ने र एसेम्बल नै गर्दा पनि प्रिन्सिपल कम्पनीबाट आवश्यक सहयोग नहुने देखेपछि ब्रान्डबाटै बाहिरिने निष्कर्षमा पुगेका हुन्।  

नेपाललाई उदयमान बजारका रुपमा देखेको रनर बंगलादेश भने यो बजार गुमाउन चाहेन। तर अवस्था यस्तो बन्यो कि अब रनरले तत्कालै नेपालमा अर्को आधिकारिक बिक्रेता समेत नपाउने अवस्था आएको छ। गत वर्ष रनर बंगलादेशले नेपालमै मोटरसाइकल एसेम्बल उद्योग स्थापना गर्ने तयारी अनुरुप २०२२ जनवरीमा रनर बंगलादेशका अध्यक्ष हफिजुर रहेमान खानसहित पाँच उच्चपदस्थ अधिकारीहरूको टोली नेपाल आएको थियो।

आयातकर्ता र उत्पादकबीच लामोखिचातानी हुँदा रनरले अर्को आधिकारिक बिक्रेता नपाएर ब्रान्ड नै नेपालबाट बाहिरिएको छ। अन्य ब्रान्ड लिन कर्पोरेट हाउसबीच घम्साघम्सी नै पर्ने गरेकोमा रनर ब्रान्ड लिन भने कोही तयार हुने अवस्था बनेन। 

कोभिडपछि र प्रिन्सिपलको रबैयापछि रमन मोटर्स भने रनरका मोटसाइकल बिक्रीलाई निरन्तर्ता दिन इच्छुक थिएन। त्यही भएर मोटरसाइकल आयात नहुनु, उत्पादक कम्पनीका अध्यक्षसहितको टोली नेपाल आउँदा त्यसमा सक्रिय नहुनुले रमन महतोले रनरको आधिकारिक बिक्रेता निरन्तरता दिन नचाहेको जस्तो एक वर्षअघि नै देखिएको थियो।  

रनर बंगलादेश भने सकेसम्म रमन मोटर्स नै आफ्नो साझेदार रहोस् भन्ने चाहेको थियो। रनरको सबैभन्दा राम्रो अन्तर्राष्ट्रिय बजार नेपाल थियो। रनरका मोटरसाइकल तथा स्कुटर बंगलादेशपछि नेपाल र भुटानमा बिक्री हुँदै आएको छ। नेपालमा युरो थ्रीभन्दा तलका सवारी आयात गर्न नपाउने अवस्थामा समेत युरो मापदण्ड नै नभएका रनरका मोटरसाइल ल्याएर बिक्री गरेको साझेदार रमन मोटर्स गुमाउन पक्षमा बंगालीहरू थिएनन्। 

रनर बंगलादेशको सर्तसहितको आग्रह रमन मोटर्सले स्वीकार नगरेको खण्डमा नयाँ साझेदार खोजेर नेपालमा सवारी एसेम्बल गर्ने निष्कर्षमा कम्पनी पुगेको थियो। रनरको यो विकल्पमा समेत कोही साझेदार नभेटिएपछि ब्रान्ड नै नेपालबाट बिदा हुन पुग्यो।  

रनर अटोमोबाइल्स लिमिटेड कम्पनी बंगलादेशमा सन् २००० मा स्थापना भएको थियो। स्थापनाको २३ वर्ष पुग्दा कम्पनीले बंगलादेशमा १ सय सीसीसम्मका मोटरसाइकलमा एकछत्र व्यवसाय गरिरहेको छ। रनरले २०११ मा औपचारिक रुपमा मोटरसाइकल उत्पादकको मान्यता पाएको थियो। भलुकामा रहेको रनरको प्लान्टले वार्षिक १ लाख मोटरसाइकल उत्पादन क्षमता राख्छ। 

२०२१ मा रनर अटोमोबाइल्सले बंगलादेशमा दैनिक औषत १ हजार ५ सय वटा मोटरसाइकल बिक्री गर्न सफल भएको थियो। रनरले बंगलादेशमा स्कुटरसहित १५ वटा मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको छ।

त्यस्तै रनरले बंगलादेशका लागि ८० सीसीदेखि १ सय ६५ सीसीका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ भने निर्यात प्रयोजनका लागि २ सय सीसीसम्मका मोटरसाइकल बनाउँदै आएको छ।  

रनर अटोमोबाइल्सले २०१७ देखि नेपाल तथा भुटानमा दुईपांग्रे सवारी निर्यात गर्दै आएको थियो। रनर एउटा मात्र ब्रान्ड हो जसले बंगलादेशमा ५ सय सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकल उत्पादन गर्ने अनुमति पाएको छ। रनरले बंगलादेशमा अमेरिकी ब्रान्ड यूएमको समेत उत्पादन अनुमति पाएको हो भने इटालीयन ब्रान्ड भेस्पा र अप्रिलिया तथा केटीएमको आधिकारिक बिक्रेता रहेको छ।

images

प्रकाशित : शुक्रबार, फागुन १९ २०७९११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend