शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटाले पूरा गर्‍यो ५० लाख प्यासेन्जर कार उत्पादन

images
शुक्रबार, फागुन १९ २०७९
images
टाटाले पूरा गर्‍यो ५० लाख प्यासेन्जर कार उत्पादन

२०१५ मा टाटाले ३० लाख कार उत्पादन पूरा गरेकोमा थियो भने २०२० मा आइपुग्दा टाटाको कार उत्पादन ४० लाख पुगेको थियो।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले ५० लाख वटा प्यासेन्जर कार उत्पादन पूरा गरेको छ। कम्पनीले शुक्रबार ५० लाख प्यासेन्जर कार उत्पादनको कोशेढुंगा कायम भएको घोषणा गरेको हो। 

images
images
images

पछिल्लो ५/६ वर्षयता टाटाका प्यासेन्जर कारको बिक्री उल्लेख्य संख्यामा बढेको थियो। सोही वृद्धिले टाटालाई ५० लाख वटा कार उत्पादनको कोशेढंगा पार गर्न सहयोग परेको हो। त्यस्तै सोही अवधिमा टाटाले विभिन्न नयाँ मोडलका प्यासेन्जर कार समेत सार्वजनिक गरेको थियो। 

images
images

टाटा मोटर्सको ५० लाख प्यासेन्जर कार उत्पादन पूरा गर्दै नयाँ इतिहास कायम गरेको टाटा मोटर्स प्यासेन्जर भेहिकल तथा टाटा मोटर्स प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका म्यानेजिङ डाइरेक्टर शैलेश चन्द्रले बताए। ५० लाख वटा कार उत्पादन पूरा गरेको अवसरमा टाटा मोटर्सले भारतमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ। 

images
images

टाटाले २००४ मा १० लाख कार उत्पादन गरेको थियो भने २०१० मा आइपुग्दा २० लाख कार उत्पादन गर्न सफल भएको थियो। २०१५ मा टाटाले ३० लाख कार उत्पादन पूरा गरेकोमा थियो भने २०२० मा आइपुग्दा टाटाको कार उत्पादन ४० लाख पुगेको थियो। कोभिडलगायत विभिन्न अप्ठेराका बीच पछिल्लो साढे २ वर्षमै टाटाले १० लाख कार उत्पादन गरेको हो। 

कमर्सियल गाडीमा ख्याती कमाएको टाटा मोटर्सले १९९१ मा पहिलो पटक प्यासेन्जर कार बजारमा प्रवेश गरेको थियो। मल्टियुटिलिटी भेहिकल सियरा लिएर टाटा प्यासेन्जर कार बजारमा आएको थियो। १९९२ मा टाटा स्टेट सार्वजनिक भएको थियो भने १९९४ चर्चित गाडी टाटा सुमो बजारमा आएको थियो। 

त्यसपछि इन्डिकालगायत विभिन्न मोडलबाट प्यासेन्जर कार सेगमेन्टमा अघि बढेको टाटाले २००८ मा सबैभन्दा सस्तो कार नानो सार्वजनिक गरेको थियो। उद्यपी टाटाका पूर्वअध्यक्ष रतन टाटाको ‘ड्रिम प्रोजेक्ट’ नानो सफल हुन भने सकेन। २०१४ मा टाटाले बोल्ट, जेष्टजस्ता कार बजारमा ल्याएपछि भने पछाडि फकिएर हेर्नुपरेको छैन। त्यसयता आएका सबैजसो मोडल सफल भएका छन्। 

पछिल्लो समय टाटाका चलेका प्यासेन्जर कारमा टियागो, टिगोर, अल्ट्रोज, पन्च, नेक्सन, सफारी, ह्यारियरलगायत छन्। टाटाको विद्युतीय कार नेक्सन ईभी तथा टिगोर र टियागो ईभी सर्वाधिक बिक्री हुने विद्युतीयमा कारमा पर्छ। त्यस्तै अन्य विद्युतीय कार पनि सार्वजनिक गर्ने तयारीमा टाटा मोटर्स रहेको छ। 

टाटाका प्यासेन्जर कार नेपाली बाजरमा २००० मा भित्रिएका हुन्। सुरुवाती समयमा उम्दा नरुचाइएपनि पछिल्लो समय भने टाटाका प्यासेन्जर कार नेपाली उपभोक्ताको रोाजाइमा पर्ने गरेको छ। हाल टाटाको नेक्सन ईभी त नेपालमा धेरै बिक्री हुने विद्युतीय कारमा पर्छ। त्यस्तै अन्य प्यासेन्जर कारको बजार हिस्सापनि बढाएको टाटाका कार नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend