काठमाडौं- नेपाल सेनामा एकै पटकमा ४ सय २४ जनालाई रोजगारी पाउने भएका छन्। सेनाले ८ वटै पृतनाबाट आवेदन दिन मिल्ने गरी सूचना जारी गरेको छ। सबै पृतनाबाट ५३ जनाले रोजगारीको अवसर पाउने छन्।
सेनाले बकासि, सूचिकार,सफाईकमी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, माली र सयस पदमा लागि आवेदन खुलाएको हो। १ सय रुपैयाँ सहित चैत १९ गतेसम्म र डब्ल दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ।