बुधबार, जेठ १७ गते २०८०

उडानकै क्रममा तारा एयरको जहाजको ढोका खुलेपछि

images
images
उडानकै क्रममा तारा एयरको जहाजको ढोका खुलेपछि
images
images
images

काठमाडौं- नेपालगन्जबाट बाजुराको काेल्टी विमानस्थलका लागि उडान गरेको तारा एयरको जहाजको अवतरण गर्ने समयअगावै ढोका खुलेको छ। ढोका खुलेको जहाज सुरक्षित तवरबाट अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

images
images
images

जहाज बिहीबार दिउँसो १२:५१ बजे नेपालगन्जबाट उडेको थियो। बिहीबार दिउँसो कोल्टी विमानस्थलमा जहाजमा रहेका सबै यात्रु सकुशल नै अवतरण भएका थिए। जहाज अहिले काेल्टी विमानस्थलमा नै ग्राउन्डेड छ।

प्राधिकरणबाट प्राविधिक टोली गइसकेको र ढोका खुलेको विषयमा आज शुक्रबार अनुसन्धान हुने भएको छ।

images

यता तारा एयरले भने जहाज अवतरणपछि मात्र ढोका खुलेकाे दाबी गरेको छ।

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले पनि जहाज अवतरण गर्ने बेला ढोका खुलेको काेल्टी विमानस्थलले जानकारी गराएको बताए।

जहाजमा बच्चा, बालकसहित १८ यात्रु र चालक दलका सदस्य तीनजना रहेका थिए।

images

प्रकाशित : शुक्रबार, फागुन १९ २०७९१०:०८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ