आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

जीओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक

images
images
images
जीओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक

नेक्स्ट-जेन एभरेष्टको ट्रयाकमा ५० एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन-रोड र अफ-रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ।

images
images

काठमाडौं- जीओ. अटोमोबाइल्स प्रालि (जि ओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ। शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी विशेषता रहेको छ।

images
images
images

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बीआई टर्बो डिजेल इन्जिनमा १० स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पीएस पावर र ५ सय एनएम टर्क प्रदान गर्दछ।

images

जीओ अटोमोवाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयूभी भएको बताए। यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुनेछ। यसको परिष्कृत मूल्यले नेक्स्ट-जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको इच्छाएको र छनौटको एसयूभी बन्नेमा कम्पनी विश्वस्त रहेको गोल्छाले बताए। 

images

बाहिरबाट शक्तिवान, भित्र आरामदायी 

images
images

पूर्णचौडाईको कोस्ट-टू-कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिँदै, नेक्स्ट-जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू रहेको छ। दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ। फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी-क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ। अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ। 

नेक्स्ट-जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रीय क्षमताको साथ डिजाइन गरिएको छ। प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाइएको छ जसमा सात जनासम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ।

ग्राहक केन्द्रित प्रविधि

नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ। ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट-जेन एभरेष्टले यात्रालाई सुरक्षित राख्न मद्दत गर्दछ। एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ। अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन-किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन्।

साहसिक यात्राको लागि बनाइएको

नेक्स्ट-जेन एभरेष्टको ट्रयाकमा ५० एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन-रोड र अफ-रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ।  कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ? दुईवटा फोर-ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ-रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्शनल टो हुक अपफ्रन्ट साथै एक्सेसरीजका लागि अपफिटर स्वीचको विकल्पसहित नेक्स्ट-जेन एभरेष्ट जान तयार छ।

दुई फोरडब्लूडी प्रणालीहरू, दुई-स्पीड इलेक्ट्रोनिक सिफ्ट-अन-द-फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट-टाइम फोरडब्लूडी प्रणाली पनि भनिन्छ; र अर्को उन्नत, स्थायी चारपांग्रे ड्राइभ प्रणालीका साथै चयन गर्न मिल्ने ड्राइभ मोडहरु इलेक्ट्रोनिक रूपमा नियन्त्रित अन-डिमान्ड दुई-स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस प्रयोग गरिएको छ।

एभरेष्टको अफ-रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ। एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ-लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन्।

नेक्स्ट-जेन फोर्ड एभरेष्टमा ८ सय एमएमसम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन्।

images

प्रकाशित : बिहीबार , फागुन १८ २०७९१२:५४

प्रतिक्रिया दिनुहोस