बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

असमान भ्याक्सिन नीतिले गरिब देशको आर्थिक पुनरुत्थान अनिश्चित 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
images
images
असमान भ्याक्सिन नीतिले गरिब देशको आर्थिक पुनरुत्थान अनिश्चित 

उपभोग्य वस्तुको मूल्यमा भइरहेको उतारचढाव, आपूर्ति प्रणालीको अवरोध, उच्च मूल्यवृद्धिको चाप र साँघुरिँदो वित्तीय स्पेसका कारणले गर्दा विकल्प पनि साँघुरिँदै गएको छ। 

images
images

काठमाडौं-  भ्याक्सिन उत्पादन गरिरहेका मुलुकहरूको असमान वितरण नीतिका कारणले गर्दा गरिब मुलुकको आर्थिक पुनरुत्थान अझै पनि अनिश्चित रहेको विश्व बैंक अन्तर्गतको विकास समितिले ठहर गरेको छ। 

images
images
images

कोरोना महामारीबाट अप्रत्याशित रुपमा अहिलेसम्मकै ठूलो क्षति बेहोरेको विश्व अर्थतन्त्र पुनरुत्थानको बाटोमा रहेपनि गरिब तथा न्यून आय भएका मुलुको अर्थतन्त्र अझै पनि अनिश्चितताको भुमरीमा रहेको उक्त समितिले ठहर गरेको छ।

images
images

अक्टोबर १५ मा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ' न्यून आय भएका मुलुकहरूमा कोरोना भाइरसको केस उच्च देखियो। नयाँ भेरियन्टको कारणले गर्दा यस्ता केस धेरै देखिए।  भ्याक्सिनको आपूर्तिमा रहेको समस्या तथा अवरोधले गर्दा आर्थिक पुनरुत्थानको ढोका अझै खुलेको छैन।' 

images
images
images

यस्ता मुलुकहरूको अर्थतन्त्र अझै पनि महामारी अघिको अवस्थाभन्दा तल रहेको उक्त समितिले ठहर गरेको छ। 

उपभोग्य वस्तुको मूल्यमा भइरहेको उतारचढाव, आपूर्ति प्रणालीको अवरोध, उच्च मूल्यवृद्धिको चाप र साँघुरिँदो वित्तीय स्पेसका कारणले गर्दा विकल्प पनि साँघुरिँदै गएको छ। 

महामारी सुरु भएपछि बैंकले हालसम्मकै ठूलो उद्धार अभियान चलाएको बताएको छ। बैंकले १५७ अर्ब डलर रकम परिचालन गरेको बताएको छ। गरिब तथा जोखिममा रहेको वर्गको रक्षा, सामाजिक सुरक्षाको विस्तार तथा व्यापारदेखि रोजगारीलाई बचाउनका लागि लगानी गरिएको उसले बताएको छ। बैंकले यो बीचमा सय बढी देशलाई आपतकालीन सहयोग गरेको उल्लेख गरेको छ। 

संसारभरको अर्थतन्त्रलाई पुनरुत्थान गराउन तथा जीवनरक्षाका लागि भ्याक्सिन आपूर्तिलाई सहज बनाउन प्रयासरहत रहेको बैंकले उल्लेख गरेको छ। 

हालै सम्पन्न विश्व बैंक/आइएमएफको बैठकमा धनी तथा भ्याक्सिन उत्पादक मुलुकहरूले आफ्नो नेतालाईमात्र केन्द्रित बनाउँदा गरिब तथा न्यून आय मुलुकका जनता जोखिमबाट बाहिर आउन नसकेको आवाज उठेको थियो। 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend