आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बक्यौता

१९ वायुसेवा कम्पनीको बक्यौता रकम झण्डै ४९ करोड, नेपाल एयरलाइन्सको मात्रै कसरी पुग्यो ३० करोड?

images
शुक्रबार, फागुन १९ २०७९
images
१९ वायुसेवा कम्पनीको बक्यौता रकम झण्डै ४९ करोड, नेपाल एयरलाइन्सको मात्रै कसरी पुग्यो ३० करोड?
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता रकम ३० करोड रुपैयाँ भन्दा बढी भएको छ। विमानस्थल कार्यालयका अनुसार निगमको बक्यौता रकमको विषय कर कार्यालयसम्म पुगेको छ। कार्यालयका अनुसार ९ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम टीडीएस रकम हो।

images
images
images

यो रकमको विषय अहिले आन्तरिक राजस्व कार्यालयसम्म पुगेको छ। यसबाहेक २१ करोड रुपैयाँ भने नेपाल एयरलाइन्सको आफ्नो सेल्फ ग्राउन्ड ह्यान्डिङसँग जोडिएको विमानस्थल कार्यालयको भनाइ छ।

images
images

अन्य शीर्षकमा निगमको बक्यौता नरहेको विमानस्थल कार्यालय भनेको छ। विमानस्थल सेवा शुल्क नियमावली २०७८ जारी भएसँगै जेठ १५ गतेबाट लागु भएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल एयरलाइन्स आफ्नो जहाजबाट हवाई यात्रा गरेबापत तिर्नुपर्ने रकम नतिर्दा बक्यौता रकम बढी देखिएको विमानस्थल कार्यालयको भनाइ छ। 

images
images

अन्य एयरलाइन्स कम्पनीको व्यवसायिक ग्राउन्ड ह्यान्डलिङबापत निगमलाई तिर्नुपर्ने १५ प्रतिशत रकम तिरिरहेको भए पनि निमगले आफ्नो जहाजबाट यात्रा गर्ने यात्रुबापत विमानस्थललाई ५० सेन्ट नतिर्दा बक्यौता रकम ३० करोड पुगेको विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानमा रहेका १९ वायुसेवा कम्पनीहरुको बक्यौता माघ २६ गतेसम्म ४८ करोड ८५ लाख ८५ हजार ८ सय २० रुपैयाँ पुगेको छ। यसमा सबैभन्दा बढी नेपाल एयरलाइन्सको ३० करोड ४० लाख ९० हजार रुपैयाँ रहेको छ। नेपाल एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान गरिरहेको छ। 

यसैगरी उडान बन्द भएको नेकोनको ४ करोठ ७१ लाख, गुणको ४ करोड ४४ लाख, यती एयरको ३ करोड ३६ लाख, सिता एयरको १ करोड ३६ लाख, सौर्यको १ करोड ४८ लाख, श्री एयरको ८६ लाख र तारा एयरको ४८ लाख रुपैयाँ बक्यौता रहेको छ।

हेली एभरेष्टको ४१ लाख, फिस्टेल एयरको ३७ लाख, मनाङ एयरको २० लाख, मुस्ताङ हेलिकोप्टरको १३ लाख, समिट हेलिकोप्टरको ११ लाख, सांग्रिला एयरको  ५ लाख ५१ हजार, हेलियरको ४ लाख ३१ हजार, नेपाल एयरवेजको २ लाख १४ हजार, गोमा एयरको ६२ हजार, हिमालयन हेलिकोप्टरको ६१ लाख र मुस्ताङ एयरको १७ हजार रुपैयाँ बक्यौता रहेको विमानस्थल कार्यालयले जनाएको छ।  


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०१:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend