शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टेस्लाले‍ वार्षिक २ करोड विद्युतीय कार बनाउन १७५ अर्ब डलर लगानी गर्ने, मेक्सिकोमा नयाँ प्लान्ट खोल्ने घोषणा

images
बिहीबार , फागुन १८ २०७९
images
टेस्लाले‍ वार्षिक २ करोड विद्युतीय कार बनाउन १७५ अर्ब डलर लगानी गर्ने, मेक्सिकोमा नयाँ प्लान्ट खोल्ने घोषणा

टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला उत्पादन वृद्धिमा आक्रामक देखिएको छ। टेस्लाले आफ्नो नयाँ प्लान्ट मेक्सिकोमा खोल्ने घोषणा गरेको छ। 

images
images
images

टेस्लाको अर्को उत्पादन प्लान्ट मेक्सिकोमा खोल्न तय भएको सीईओ एलन मस्कले बुधबार बताएका हुन्। कम्पनीको इन्भेस्टर डेका अवसरमा उक्त घोषणा गर्दै मस्कले मेक्सिको प्लान्ट खुल्नेबारे आफूहरु अति नै उत्साहित रहेको बताएका छन्। 

images
images

हाल टेस्लासँग विभिन्न स्थानमा गरेर वार्षिक २० लाख कार उत्पादन गर्ने क्षमता भएका प्लान्ट सञ्चालनमा रहेका छन्। हाल टेस्लाका प्लान्ट क्यालिफोर्निया, सांघाई, अस्टिन र बर्लिनमा रहेका छन्। मेक्सिकोमा खुल्ने प्लान्ट टेस्लाको अमेरिका बाहिर रहेको तेस्रो प्लान्ट हुनेछ।

images
images

टेस्लाले वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ। सोही अनुसार टेसलाले उत्पादन प्लान्ट विस्तारलाई उच्च प्राथमिकता दिएको छ। टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो। 

टेस्लाले मेक्सिकोमा प्लान्ट स्थापना गर्ने तय भइसकेको मेक्सिकोका राष्ट्रपति आन्द्रेसले बताएको सीएनएनले लेखेको छ। टेस्लाले मेक्सिकन प्लान्टमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने रोयटर्सले उल्लेख गरेको छ। टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्न ठूलो लगानी समेत गर्नुपर्ने छ।

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलर लगानी गरिसकेको छ। यो लगानी सुन्दा ठूलो लाग्न सक्छ तर टेस्लाको महत्वकांक्षी योजनामा यो सानो अंश भएको कम्पनीका सीएफओले बताएका छन्। 

टेस्लाका सीईओ एलन मस्क टेस्लाकै सेयरका कारण विश्वकै सवार्धिक धनी व्यक्ति समेत बनेका छन्। बीचमा केही सयम पहिलो स्थानबाट तल झरेका मस्क हालै पुनः पहिलो धनी व्यक्ति बनेका हुन्। 

टेस्लाका विद्युतीय कार महँगो मध्येमा पर्दछ। अमेरिकामा टेस्लाको मोडल थ्री, मोडल वाई भने ५५ हजार डलरभन्दा कम मूल्यमा पाइन्छ। अमेरिकाको तुलनामा चीनमा उत्पादित टेस्लाका कार सस्तो मूल्यमा उपलब्ध छ। अमेरिकामा विद्युतीय कार खरिद गर्दा ७ हजार ५ सय ट्याक्स क्रेडिट दिँदै आएको छ। तर ट्याक्स क्रेडिट पाउन कार उत्तर अमेरिकामै उत्पादन भएको हुनुपर्छ। 

धेरैजसो अटोमोबाइल कम्पनीहरुले मेक्सिकोमा उत्पादन प्लान्ट स्थापना गरेका छन्। मेक्सिकोमा २० वटा अटो एसेम्बल प्लान्ट छन्। मेक्सिकोम बनेका ९० प्रतिशत कार निर्यात हुने गरेका छन् भने ७६ प्रतिशत अमेरिका जाने गरेको छ। 

टेस्लाका कार विश्वको धेरै देशमा पुगिसकेको छ। प्रविधि र विलासीता तथा विद्युतीय कार भएकाले धेरैको रोजाइमा टेस्ला ब्रान्ड पर्ने गरेको छ। तर उपलब्धता र महँगो मूल्यका कारण धेरैले खरिद गर्न सकिरहेका छैनन्। 

टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुन सकेका छन्। हालसम्म नेपाली बजारमा करिब ३ दर्जन विद्युतीय कार बिक्री भइसकेको छ। टेस्लाको मोडल थ्री र मोडल वाई नेपाली बजारमा बिक्रीका लागि उपलब्ध रहेको छ।   


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend