शनिबार, वैशाख १५ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको महाधिवेशन चैत २८ देखि ३०, कुन पदमा क-कसको प्रतिस्पर्धा?

images
images
images
उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको महाधिवेशन चैत २८ देखि ३०, कुन पदमा क-कसको प्रतिस्पर्धा?

५७औं साधरणसभाबाट वरिष्ठ उपाध्यक्ष जित्ने नै ६०औं साधरणसभाबाट स्वत: अध्यक्ष हुनेछन्।

images
images

काठमाडौं- चैत २८, २९ र ३० गते काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ५७औं साधारणसभाको मिति तोकेको हो। 

images
images
images

५७ औं साधारणसभा तथा नेतृत्व चयनको महाधिवेशनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुनेछन्। ढकाल ५४औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

images

५७औं साधरणसभाबाट वरिष्ठ उपाध्यक्ष जित्ने नै ६०औं महाधिवेशनबाट स्वत: अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ। 

images

वरिष्ठ उपाध्यक्षमा ४ जनाको चर्चा

images
images

महाधिवेशनको मिति तोकिएसँगै निर्वाचनको महोल सुरू भइसकेको छ। महासंघको पदाधिकारीका आकांक्षीहरु देश दौडाहामा निस्किसकेका छन्। ४ जना व्यवसायीले आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुने बताइसकेका छन्। अहिलेका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले यो पटक वरिष्ठ उपाध्यक्षमा लड्ने तयारी गरिरहेका छन्। 

संघाई ५४औं साधारणसभामा वर्तमान वरिष्ठ उपाध्यक्ष ढकालको टीमबाट विजयी भएका थिए। उनले व्यवसायी सौरभ ज्योतिलाई हराएका थिए। उनी अहिले पनि महासंघको वरिष्ठ उपाध्यक्षमा दाबेदार हुन्।

५४ औं साधारणसभाबाट वस्तुगत उपाध्यक्षमा विजयी व्यवसायी अञ्जन श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षमा लड्ने तयारीका साथ देश दौडाहामा छन्। श्रेष्ठले व्यवसायी उमेशलाल श्रेष्ठलाई हराएर ५४औं साधारणसभाबाट वस्तुगत उपाध्यक्ष जितेका थिए। ५४औं साधारणसभामा अञ्जन वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानको टीममा थिए। उनी पनि वरिष्ठ उपाध्यक्षका लागि बलिया उमेदवार हुन्।

जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आफू पनि यो पटक वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धी रहेको बताउँदै आएका छन्। उनी पनि ५४औं साधारणसभामा किशोर प्रधानको टीमबाट उम्मेदवार बनेका थिए। श्रेष्ठ ढकाल समूहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगरतर्फको उपाध्यक्ष निर्वाचित भएका थिए।

५४औं साधारणसभामा व्यवसायी अञ्जन श्रेष्ठसँग पराजित भएका व्यवसायी उमेशलाल श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन्।  यो पटक संघाईले अञ्जन र दिनेश श्रेष्ठले उमेशलाल श्रेष्ठलाई सहयोग गर्ने चर्चा समेत महासंघमा छ।

एसोसिएटमा २ उम्मेदवार फिक्स जस्तै हुँदा ज्योत्सनाको इन्ट्री

महासंघको ५७औं साधारणसभामा २ जना व्यवसायीबीच एसोसिएट उपाध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको अवस्थामा अर्का एक आकांक्षी थपिएका छन्। एसोसिएट उपाध्यक्षमा व्यवसायी भरत आचार्य र साहिल अग्रवालबीच प्रतिस्पर्धा हुने चर्चाबीच ज्योत्सना श्रेष्ठले आफू पनि  एसोसिएट उपाध्यक्ष प्रतिस्पर्धा गर्ने बताएकी छन्। आचार्य व्यवसायी चन्द्र ढकाल नजिक रहेका छन् भने अग्रवाल वर्तमान अध्यक्ष शेखर गोल्छा निकट मानिन्छन्। 

वस्तुगत उपाध्यक्षमा ४ जनाको चर्चा

वस्तुगत उपाध्यक्षका लागि ४ जना व्यवसायीले दौडधुप सुरू गरेका छन्। जसमा व्यवसायी सन्दीप अग्रवाल, हेमराज ढकाल, मनिषलाल प्रधान र शकुन्तलाल हिराचन रहेका छन्।

जिल्ला नगरमा छैन निश्चित

जिल्ला नगर उपाध्यक्षका लागि अहिलेसम्म चारजनाको नाम व्यवसायीमाझ चर्चा हुन थालेको छ। जसमा व्यवसायी अरुण सुमार्गी, सुरकृष्ण वैद्य र दिलसुन्दर श्रेष्ठ हुन्। तर सुरकृष्ण वैद्य प्रदेश कांग्रेस समानुपातिक सांसदको सूचीमा रहेका छन् भने दिलसुन्दर श्रेष्ठ प्रतिनिधिसभाको समानुपातिक सूचीमा नाम रहेको छ। उनीहरुले निर्वाचन लड्न पाउने/नपाउने निश्चित छैन।

सम्भवत वरिष्ठ उपाध आकांक्षी उमेशलाल श्रेष्ठलाई दिनेश श्रेष्ठले छाडेको अवस्थामा दिनेश फेरि जिल्ला नगर उपाध्यक्षमा नै प्रतिस्पर्धा गर्ने चर्चा महासंघमा छ। 

वरिष्ठ उपाध्यक्षमा क्लस्टरअनुसार फरक मतभार

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने विजयी हुने व्यवस्था रहेको छ। जिल्ला नगर, एसोसिएट र वस्तुगतको मतलाई एकसय प्रतिशत हुने गरी विभाजन गरिएको छ। जिल्ला नगरतर्फको भोटलाई ५० प्रतिशत, एसोसिएटको मतलाई ३० प्रतिशत र वस्तुगतको मतलाई २० प्रतिशत भार मानिनेछ। 

images

प्रकाशित : बिहीबार , फागुन १८ २०७९०५:४६

प्रतिक्रिया दिनुहोस