काठमाडौं- नेपाल फाइनान्स कम्पनीले ७० प्रतिशत हकप्रद दिने भएकाे छ। कम्पनीले १ : ०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेकाे हाे। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो।
फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। हकप्रदपछि फाइनान्सकाे चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।