शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटा कमर्सियल गाडीहरूको 'मेघा होली' क्याम्प

images
बुधबार, फागुन १७ २०७९
images
टाटा कमर्सियल गाडीहरूको 'मेघा होली' क्याम्प

२०७९ फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको सुरु गरेका हुन्।

images
images

काठमाडौं- रंगहरुको पर्व होलीको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ। 

images
images
images

२०७९ फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको सुरु गरेका हुन्। कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले ग्राहकको चाहना, आवश्यक्ता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकलाई अनुरोध गरेका छन्।  

images
images

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस वुकिङ गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ सुविधा र यस क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिको लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा ३ जान ग्राहकहरुलाई स्मार्ट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ।

images
images

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा २०७९ फागुन १७ देखि २१ गतेसम्म उक्त क्याम्प सञ्चालनमा रहनेछ। सिप्रदीका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरि सम्पूर्ण ग्राहकलाई आफूलाई पायकपर्ने सिप्रदीका कुनै पनि सर्भिस सेन्टरमा गई यस मेघा होली सर्भिस क्याम्पमा सहभागीहुन हार्दिक अपिल पनि गरे।


प्रकाशित : बुधबार, फागुन १७ २०७९१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend