शनिबार, असोज १३ गते २०८०    

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

images
बिजनेस न्युज
कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

नालापारि एक सय ५० बढी परिवारको जग्गा छ। वडा कार्यालयबाट नगरपालिका कार्यालयसम्म कल्भर्ट निर्माण पूरा गरिदिन अनुरोध गर्दै आए पनि सुनवाइ नभएको स्थानीय लोकबहादुर वडुवालले बताए।

images

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन्।

images

पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुन सकेको छैन। कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताए। ‘भुराकोट, खैरानी, बोर्डर र सत्ताइस नम्बर गाउँका बासिन्दाको जग्गा नालापारि छ’, उनले भने, ‘कल्भर्ट निर्माण नहुँदा कृषिजन्य वस्तु ल्याउन समस्या झेल्दै आएका छौँ।’

images

नालामा पानीको बहाव बढी हुने भएकाले कृषिजन्य वस्तु ढुवानीमा समेत अप्ठ्यारो हुने गरेको छ। ‘वर्षातमा रोपाइँ गर्न जानै समस्या छ’, लक्ष्मण खत्रीले भने, ‘नाला तर्न समस्या छ, जेनतेन धान रोपे पनि वर्षाका कारण पुरैनी तालको पानी खेतमा पसेर काटेको धान बगाएर लैजाने गरेको छ, दुई वर्षदेखि धानबाली भित्र्याउन पाएका छैनौँ।’

images

गहुँ र उखु खेतीमात्रै सहजरूपमा लगाउन पाइने उनले बताए। नालापारि एक सय ५० बढी परिवारको जग्गा छ। वडा कार्यालयबाट नगरपालिका कार्यालयसम्म कल्भर्ट निर्माण पूरा गरिदिन अनुरोध गर्दै आए पनि सुनवाइ नभएको स्थानीय लोकबहादुर वडुवालले बताए।

images

नगर उपप्रमुख जोगराम चौधरीले चालु आर्थिक वर्षभित्रै अधुरो कल्भर्ट निर्माण पूरा हुने बताए। ‘जगेडा कोषबाट रकम खर्चेर कल्भर्ट निर्माण गर्छाैँ’, उनले भने, ‘स्थानीय किसानले खेतबारी डुबानको समस्या राखेका छन्, त्यसलाई समाधान गर्नका लागि काम अगाडि बढाउँछौँ।’

चौपाया चोरीको समस्या 

सीमावर्ती भुराकोट गाउँका बासिन्दाले चौपाया चोरी हुँदा नोक्सानी व्यहोर्दै आएका छन्। बर्सेनी गोठमा बाँधेर राखेका भैँसी चोरी हुँदा समस्या भएको स्थानीयले बताएका छन्।

स्थानीय लक्ष्मण खत्री भैँसी चोरीसँगै उखु तस्करी समेत हुने गरेको बताउँछन्। ‘पहिला नगरपालिका क्षेत्रमा चिनी मिल नहुँदा उखु भारततर्फ तस्करी हुन्थ्यो’, उनले भने, ‘अहिले भारतबाट उखु अवैधरूपमा नगरपालिका क्षेत्रमा सञ्चालित मिलमा ल्याउने गरिएको छ।’ रासस

images

प्रकाशित : बुधबार, फागुन १७ २०७९११:३५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ