आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

अनुमतिबिना जहाज तल झार्ने कतार एयरवेजका पाइलटमाथि छानबीन हुँदै, आरए सिस्टमले जोगाएको थियो दुर्घटना

images
मंगलबार, फागुन १६ २०७९
images
अनुमतिबिना जहाज तल झार्ने कतार एयरवेजका पाइलटमाथि छानबीन हुँदै, आरए सिस्टमले जोगाएको थियो दुर्घटना
images
images

काठमाडौं- यही फागुन १५ गते जहाज आकाशमै होल्ड भइरहेको समयमा गम्भीर लापरबाही गरेको भन्दै कतार एयरवेजमाथि छानबीन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उक्त घटनाका बारेमा छानबीनका लागि सुरक्षा अधिकृतको नेतृत्वमा छानबीन समिति बनाएको हो। 

images
images
images

फागुन १५ गते एउटै समयमा अवतरण अनुमति मागेका तर तोकिएकोभन्दा न्यून उचाइमा कतारले जहाजलाई झारेर जोखिमपूर्ण अवस्था सिर्जना गरेको विषयमा छानबीन हुने भएको हो।

images
images

फागुन १५ गते सोमबार बिहानको साढे आठ बजे विमानस्थल व्यस्त भएको समयमा मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज, कतारको दोहाबाट आएको कतारको जहाज र बुद्ध एयरको जहाजले अवतरण अनुमति मागेका थिए। तर तत्काल अवतरणको समय दिन नसक्ने भएकाले काठमाडौं टावरले निश्चित बिन्दु र उचाइमा होल्डको अनुमति दिएको थियो। 

images
images

विमानस्थल टावरले गुराँस डाँडामाथिको पोइन्टमा होल्ड गर्ने गरी ११ हजार ५ सय फिटमा बुद्ध एयर, १२ हजार ५ सय फिटमा नेपाल वायुसेवा निगम र १३ हजार ५ सय फिटमा कतार एयरवेजको जहाजलाई अनुमति दिएको थियो। तर कतार एयरको जहाज कमाण्ड गरिरहेका पाइलटले एक्कासी जहाज ७ सय फिट तल झारेका थिए। तर टावरले कतारको जहाजलाई तल झर्न अनुमति दिएको थिएन। 

एक्कासी कतारको जहाज तल झरेपछि नेपाल एयरलाइन्सको जहाजमा 'आरए' (रेडियो अल्टिमिटर अलर्ट) आएपछि जहाज कमाण्ड गरिरहेका पाइलटले जहाज ५ सय फिट तल झारेका थिए। पछि टावरले कतार एयरको जहाजलाई अलर्ट गराएपछि जहाज पुन: १३ हजार ५ सयको फिटमा गएको थियो। 

टावरले तीनवटै जहाजलाई १/१ हजार फिटको दुरीमा होल्डको अनुमति दिएपनि कतार एयरवेजको जहाज उडाइरहेका पाइलटले सात सय फिट तल झारिदिएको नेपाल एयरलाइन्सका पाइलटले पेश गरेको सुरक्षा प्रतिवेदनमा उल्लेख भएको विमानस्थल स्रोतले जानकारी दिएको छ। 

नेपाल एयरलाइन्सका पाइलटले उक्त विषय सुरक्षा प्रतिवेदनमा उल्लेख गरेपछि निगमले सीभीआर (ककपिट भ्वाइस रेकर्ड) समेत निकालेर प्राधिकरणमा बुझाउने भएको छ। नेपाल एयरलाइन्सका पाइलटले यो विषय रिपोर्ट गरेपछि विमानस्थल कार्यालयले छानबीन अघि बढाएको छ। उक्त समयको सबै तथ्य संकलन गरि छानबीन हुने जनाइएको छ। प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले पनि यस विषयमा छानबीन सुरु भएको बताए। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend