शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अर्नाल्टलाई उछिन्दै एलन मस्क फेरि बने विश्वकै धनी

मंगलबार, फागुन १६ २०७९
अर्नाल्टलाई उछिन्दै एलन मस्क फेरि बने विश्वकै धनी

गत वर्ष डिसेम्बरमा टेस्लाको सेयरमा गिरावट आएपछि मस्कलाई अर्नाल्टले उछिनेका थिए। मस्क यसअघि २०२१ मा अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै पहिलाे पटक विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। 

काठमाडौं- टेस्ला र ट्विटर कम्पनीका प्रमुख एलन मस्क फेरि विश्वकै धनी व्यक्तिहरुको सूचीको शीर्षमा आएका छन्।  

विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस भिटो मोएट हेनेसीका सीईओ बर्नार्ड अर्नाल्टलाई उछिन्दै एलन शीर्षमा आएका हुन्। 

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार एलनको कुल नेटवर्थ १८७.१ बिलियन डलर पुगेको छ। यसअघि शीर्षमा रहेका अर्नाल्ट भने दोस्रोमा झरेका छन्। उनको कुल सम्पत्ति १८२ बिलियन डलर छ। 

गत वर्ष डिसेम्बरमा टेस्लाको सेयरमा गिरावट आएपछि मस्कलाई अर्नाल्टले उछिनेका थिए। मस्क यसअघि २०२१ मा अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै पहिलाे पटक विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। 

याहू फाइनान्सको ऐतिहासिक तथ्यांक अनुसार २०२३ जनवरी ३ मा टेस्लाको स्टक मूल्य १०८.१० डलरको न्यून बिन्दुमा पुगेको थियो। सोमबार कार निर्माताको स्टक २०७.६३ डलरमामा बन्द भयो। टेस्लाको सेयर मूल्य बढेपछि एलन पुन: विश्वकै धनी व्यक्तिहरुको सूचीको शीर्ष स्थानमा आएका हुन्। यस वर्ष टेस्लाको स्टकमा ९० प्रतिशतले वृद्धि भएको छ।  

मस्कले ट्वीटर खरिद गर्ने भनेपछि टेस्लाको सेयरमा गिरावट आएको थियो। अहिले मस्कले ट्वीटरको पूर्णस्वामित्व लिइसकेको छन्। मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटरको पूर्णस्वामित्व लिएका हुन्। योसँगै उनले आफूलाई ‘चिफ ट्वीटर’का रुपमा चिनाएका छन्। स्वामित्व लिएसँगै मस्कले ट्वीटरका तत्कालिन सीईओसहित केही उच्च पदस्थ कर्मचारीलाई केही दिनमै हटाएका थिए। त्यतिबेला ट्वीटरका सीईओ भारतीय मूलका पराग अग्रवाल थिए। 

टेस्लाले हाल अमेरिका, चीन, जर्मनीमा रहेका आफ्नो गिगा फ्याक्ट्रीबाट विभिन्न मोडलका विद्युतीय कार उत्पादन गर्दै आएको छ। टेस्लाका विद्युतीय कार संसारभर सर्वाधिक रुचाइएको विद्युतीय कारमा पर्छ। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend