शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
images
यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति 

७२ सिट क्षमताका एटिआर-७२ बाट आन्तरिक उडान गरिरहेको यतीले अन्तर्राष्ट्रिय उडान पाएसँगै उडानको योजना बनाएको छ। 

images
images

काठमाडौं- यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले यतीलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो। यतीलाई यसअघि नै सरकारले अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स दिइसकेको थियो। 

images
images

प्राधिकरणले यतीलाई नियमित बाहेकको अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो। यस्तै प्रकृतिको अनुमति यसअघि श्री एयरलाइन्सले पाएको थियो। यतीले दक्षिण तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा उडानका लागि अनुमति पाएको हो। 

images
images

७२ सिट क्षमताका एटिआर-७२ बाट आन्तरिक उडान गरिरहेको यतीले अन्तर्राष्ट्रिय उडान पाएसँगै उडानको योजना बनाएको छ। 

कार्गो तथा यात्रु चार्टर्ड उडानका लागि यतीको पहिलो प्राथमिकता रहेको छ। उसले लामो दूरीभन्दा पनि नेपालका छिमेकी मुलुकरुमा उडान गर्ने योजना बनाएको छ। 

'कुनै निश्चित गन्तव्यभन्दा पनि हामीले अनुमति पाएका देशहरुमा मागको आधारमा उडानको योजना बनाउँछौँ' यतीका प्रवक्ता सुदर्शन बर्तौलाले भने। 

नेपालसँग छोटो दुरीमा भारतका विभिन्न राज्यहरुमा यतीको मुख्य टार्गेट रहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend