शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

कमिसनको लोभमा ३०१ दिनसम्म 'एयर बस ३२०' को इन्जिन भाडामा निगमले खर्चियो २२ करोडभन्दा बढी

डिसेम्बरमा बिग्रिएको इन्जिन सेप्टेम्बरमा मर्मत, जुलाईमा बिग्रिएको इन्जिन मर्मतमा छैन अत्तोपत्तो

images
images
images
कमिसनको लोभमा ३०१ दिनसम्म 'एयर बस ३२०' को इन्जिन भाडामा निगमले खर्चियो २२ करोडभन्दा बढी
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले समयमै इन्जिन मर्मत नगरी कमिसनको लोभमा लामो समयदेखि इन्जिन भाडामा लिएर एयरबस ३२० कलसाइन ९ एन एकेडब्लू जहाज उडान गरिरहेको छ। समयमै इन्जिन मर्मत नहुँदा निगमले भाडामा लिएको इन्जिनकै लागि २२ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। निगमले २०२२ को मार्च ३ देखि एउटा इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ।

images
images
images

मार्च ३ देखि फेब्रुअरी २७ सम्म कुल ३ सय १ दिन इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ। यसरी ३ सय १ दिन इन्जिन भाडामा लिँदा भाडावापत मात्रै २२ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च गरिसकेको छ। निगमले दैनिक २ हजार डलरमा इन्जिन एमटीयू कम्पनीसँग भाडामा लिएको हो।

images

अधिकतम ९० दिनका लागि इन्जिन भाडामा लिइने भनिए पनि अहिले बिनाप्रतिस्पर्धा एउटै कम्पनीको इन्जिन लगातार प्रयोग गरिरहेको छ। निगमले प्रतिदिन जहाज उडान भए वा नभए पनि २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ रुपैयाँमा इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ। 

images

२०२१ डिसेम्बर २७ मा कतारको दोहामा जहाज अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा जहाजको बायाँ इन्जिन बिग्रिएपछि ७० दिनभन्दा बढी जहाज ग्राउन्डेड गर्दै निगमले इन्जिन भाडामा लिएको थियो। इन्जिनमा समस्या देखिएपछि जहाजको इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने इन्जिन निर्माता कम्पनीले सुझाव दिएको थियो। निगमले आर्थिक कमिसनको लोभमा मार्च ३ देखि इन्जिन भाडामा लिएर जहाज उडान गरेको थियो। 

images
images

यसरी उडान सुरु भएको जहाज पुन: साउन १४ गते दायाँ इन्जिनमा समस्या आएपछि थप २ महिना ग्राउन्डेड भएको थियो। जुलाई ३० देखि ग्राउन्डेड भएको जहाज डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत भएपछि सेप्टम्बर ३० मा इजरायल गएर जहाजको इन्जिन राखिएको थियो।

डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत गर्न ९ महिना समय लागेको थियो। तर जुलाई ३० मा बिग्रिएको इन्जिन अहिलेसम्म मर्मत भएको छैन। इन्जिन मर्मत नहुँदा मार्चमा अधिकतम ९० दिनका लागि भने एमटीयूसँग भाडामा लिइएको इन्जिन ३ सय १ दिनसम्म प्रयोग भइरहेको छ। मिलोमतोमा इन्जिन भाडामा लिने सम्झौताको समय थप भइरहेको छ।

अझ जुलाईमा बिग्रिएको इन्जिन कहिले मर्मत भएर आउने हो निगमलाई नै थाहा छैन। त्यो इन्जिन मर्मत नहुँदासम्म इन्जिन भाडामा नै लिइएको छ। समान्यत: इन्जिन मर्मत ९० दिनमै हुन्छ। 

३ सय १ दिन इन्जिन भाडामा लिएवापत निगमले २० करोड रुपैयाँभन्दा बढी भाडाका लागि खर्च गरेको छ। निगमले दैनिक २ हजार डलरका दरले फागुन १५ सम्म ३ सय १ दिनको ६ लाख २ हजार अमेरिकी डलर कम्पनीलाई तिरेको छ। समग्रमा प्रतिडलर १३० रुपैयाँको दरले हिसाब गर्दा ७ करोड ८२ लाख ६० हजार रुपैयाँ तिर्नु पर्ने छ।

यसैगरी इन्जिन भाडामा लिँदा जहाज उडान भए वा नभएपनि दैनिक २ हजार डलरबाहेक प्रतिघण्टा २ सय ७८ डलर पनि तिर्नु पर्छ। एयरबस ३२० जहाज सदरदरमा दैनिक १३ घण्टा उडेका छन्।

तर बीचमा यो जहाज ६० दिन ग्राउन्डेड भएको छ। समग्रमा भाडाको इन्जिन प्रयोग भएपछि सगरमाथ एयर बस जहाजले २ सय ४१ दिन उडान भरेको छ। २ सय ४१ दिनमा प्रतिदिन १३ घण्टाका दरले जहाज कुल ३ हजार १ सय ३३ घण्टा उडेको छ। यो वापत प्रतिघण्टा २ सय ७८ डलरका दरले ८ लाख ७० हजार ९ सय ७४ डलर निगमले कम्पनीलाई भुक्तानी गर्नु पर्छ।

सग्रममा एक डलर बराबर १३० रुपैयाँको दरमा हिसाब गर्दा कम्पनीलाई निगमले ११ करोड ३२ लाख २६ हजार ६ सय २० रुपैयाँ भुक्तानी गर्नु पर्छ। यसबाहेक पनि इन्जिन भाडामा लिँदा निगमले कम्पनीलाई प्रतिसाइकल २ सय ३९ डलर भुक्तानी गर्नु पर्छ। जहाज उडान भएको २ सय ४१ दिनमा प्रतिदिन ४ साइकलका दरले ९ सय ६४ वटा साइकल उडान गरेको छ।

प्रतिसाइकल २ सय २९ डलरका दरले २ लाख ३० हजार ३ सय ९६ डलर तिर्नु पर्ने हुन्छ। यसमा पनि प्रतिडलर १ सय ३० रुपैयाँको दरमा हिसाब गर्दा २ करोड ९९ लाख ५१ हजार ४ सय ८० रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ।

यसरी एउटा इन्जिन ३ सय १ दिनदेखि भाडामा प्रयोग गर्दा निगमले सरदर २२ करोड १४ लाख ३८ हजार रुपैयाँ तिर्नु परेको छ। निगमले इन्जिन भाडामा लिएवापत तिरेको रकममा केही रकम थप गर्ने हो भने नयाँ इन्जिन नै आउने छ। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कमिसनको लोभमा इन्जिन भाडामा नै प्रयोग गरिरहेका छन्। 

images

प्रकाशित : मंगलबार, फागुन १६ २०७९०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend