बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटनमन्त्रीले सार्वजनिक गरे १० बुँदे योजना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
पर्यटनमन्त्रीले सार्वजनिक गरे १० बुँदे योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दशबुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। 

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दशबुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। 

सोमबार पत्रकारहरुसँगको भेटघाटका क्रममा पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरिएका पाँचबुँदे कामहरुको सूची सार्वजनिक गर्दै मन्त्री किरातीले आफ्ना भावी १० योजना तथा कामको सूची पनि सार्वजनिक गरेका हुन्।

मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना, तीन महिने पशुपती सरसफाइ अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जानकारी दिए। 

त्यस्तै सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हपअप) यातायत सञ्चालन गर्ने र ग्राउन्डेड जहाज छानबीन समिति गठन गर्ने तयारी रहेको पनि उनले बताए। 

हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने काम पनि १० बुँदे सूचीमा समेटिएका छन्। 

मन्त्री किरातीले यसअघि अनलाइन टिकेटिङ, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बीन गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन गरेको बताए।


प्रकाशित : सोमबार, फागुन १५ २०७९१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend