शनिबार, वैशाख ८ गते २०८१    
images
images

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युतीय कार र्‍याली गर्ने

images
बिजनेस न्युज
images
वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रले विद्युतीय कार र्‍याली गर्ने

केन्द्रले शून्य प्रदूषण सवारीलाई प्रवद्र्धन गर्न आफ्नो वार्षिक उत्सवको अवसर पारेर कात्तिक ३१ गते विद्युतीय सवारी र्‍याली गर्न प्रस्ताव गरेको छ। केन्द्रले सोही प्रयोजनका लागि नेपालमा विद्युतीय सवारी ल्याएर बिक्री गर्दै आएका सबै बिक्रेताहरुलाई सहभागिताका लागि आग्रह गर्दै पत्र पठाएको छ।

images
images

काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले विद्युतीय सवारीको प्रवद्र्धन गर्ने उद्देश्यले विद्युतीय सवारी र्‍याली गर्ने भएको छ। केन्द्रले आफ्नो २५औं वार्षिक उत्सवको अवसरमा र्‍याली आयोजना गर्न लागेको जनाएको छ। 

images
images
images

केन्द्रले शून्य प्रदूषण सवारीलाई प्रवद्र्धन गर्न आफ्नो वार्षिक उत्सवको अवसर पारेर कात्तिक १३ गते विद्युतीय सवारी र्‍याली गर्न प्रस्ताव गरेको छ। केन्द्रले सोही प्रयोजनका लागि नेपालमा विद्युतीय सवारी ल्याएर बिक्री गर्दै आएका सबै बिक्रेताहरुलाई सहभागिताका लागि आग्रह गर्दै पत्र पठाएको छ। 

images

सबै विद्युतीय सवारी बिक्रेतालाई केन्द्रले आइतबार छलफलका लागि बोलाएको छ। सरोकारवालासँगको छलफलपछि स्थान तय हुने केन्द्रको भनाइ छ। ‘केन्द्रको २५औं वार्षिक उत्सवको अवसरमा हामीले विद्युतीय सवारीको प्रवद्र्धनका लागि एउटा र्‍याली गर्ने तय गरेका छौं,’ केन्द्रका प्रवक्ता नवराज ढकालले भने, ‘आइतबार सरोकारवालाहरुसँग छलफल राखिएको छ। सोही छलफलबाट सबै कुरा टुंगो लाग्छ।’ 

images

केन्द्रले चारपांग्रे विद्युतीय सवारी मात्र सहभागि गराउने वा दुईपांग्रेलाई पनि समेन्टे भन्ने विषय छलफल पछि तय हुने जनाएको छ। 

images
images

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति लिएको छ। तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा बढाएको कर त्यसपछि अर्थमन्त्री भएका विष्णुप्रसाद पौडेलले घटाएका थिए। पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटबाट विद्यु्तीय सवारीमा बढाइएको कर घटाएका हुन्। 

कर बढेको वर्ष विद्युतीय कारको आयात ठप्प प्रायः थियो। तर कर घटेसँगै पुनः विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको छ। 

हाल नेपाली बजारमा दुई दर्जनभन्दा बढी दुईपांग्रे विद्युतीय सवारी आयात भइरहेका छन्। त्यस्तै विश्वका चर्चित विद्युतीय कार टेस्लाका मोडल थ्री, मोडल एक्स, कुन्डाई कोना, किया निरो, एमजी जेडएसइभी, महिन्द्रा इटूओ, इभेरिटो, टाटा नेक्सन इभीलगायत कार बिक्री हुँदै आएका छन्। यसैगरि पछिल्लो समय विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय कार समेत बिक्री हुँदै आएको छ। 

images

प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८११:५१
प्रतिक्रिया दिनुहोस