बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सिमिकोटमा खाद्य बस्तु ढुवानीका लागि भएको टेन्डर सेटिङ : वायुसेवा सञ्चालक संघ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३ २०७८
images
images
सिमिकोटमा खाद्य बस्तु ढुवानीका लागि भएको टेन्डर सेटिङ : वायुसेवा सञ्चालक संघ

निजी हवाई  सेवा प्रदाक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट खाद्य बस्तु ढुवानीका लागि भएको टेन्डरमा सेटिङ भएको भन्दै विरोध गरेको छ।

images
images

काठमाडौं- निजी हवाई  सेवा प्रदाक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट खाद्य बस्तु ढुवानीका लागि भएको टेन्डरमा सेटिङ भएको भन्दै विरोध गरेको छ।

images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साउन १५ गते खाद्य बस्तु ढुवानीका लागि गरेको टेन्डरमा हवाई सेवा प्रदायक कम्पनीहरुलाई नै प्रतिबन्ध गर्ने गरी सेटिङ भएको संघको भनाइ छ।

images
images

airlines.JPGहवाई सेवा प्रदायक कम्पनीहरु मूल्य अभिवृद्धि करमा दर्ता हुन नपर्ने व्यवस्था भए पनि कम्पनीले गरेको टेन्डरमा हवाई सेवा प्रदायक कम्पनीहरुलाई प्रतिबन्ध लगाउँदै विचौलिया मार्फत काम गर्न खोजेको संघले जारी गरेको विज्ञप्तीमा छ।

images
images

मूल्य अभिवृद्धि कर दर्ता नै हुन नपर्ने हवाई सेवा प्रदायक कम्पनीहरुले मात्रै दिने सक्ने सेवामा पनि विचौलिय मार्फत काम गर्न खोजेर हवाई सेवा प्रदायक कम्पनी प्रतिबन्ध गर्न खोजेको संघको तर्क छ।

उक्त व्यवस्था परिर्वतन नभए कानुनी उपचारमा जाने संघको भनाइ छ।


प्रकाशित : बिहीबार , भदौ ३ २०७८११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend