बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिकूल मौसमका कारण देशैभरका हवाई उडान प्रभावित

आइतबार, फागुन १४ २०७९
प्रतिकूल मौसमका कारण देशैभरका हवाई उडान प्रभावित

काठमाडौं- लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ।

मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ भएको छ। 

भिस्तारा र इण्डिगो एयर लखनउ डाइभर्ट गरिएको छ। कतार एयरवेजको जहाज केही समय आकाशमा केही समय ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ पनि उडान सामान्य प्रभावित भएको छ। भरतपुरको दुई उडान रद्द भएको र अन्य गन्तव्यको उडान केही‘‘डिले’ भएको छ।

पश्चिमी वायुको प्रभावले मौसम बदली हुनुका साथै देशका विभिन्न स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, फागुन १४ २०७९१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend