बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसियाको तीन वर्षको लाभांश एकैपटक लिने दाउमा लगानीकर्ता, १५ सय वरपर पुग्न सक्छ मूल्य

सोमबार, फागुन १५ २०७९
एनआईसी एसियाको तीन वर्षको लाभांश एकैपटक लिने दाउमा लगानीकर्ता, १५ सय वरपर पुग्न सक्छ मूल्य

काठमाडौं- एनआईसी एसियाको सेयर दोस्रो बजारमा आइतबार प्रतिकित्ता ८ सय १० रुपैयाँमा कारोबार भएको छ। 

पछिल्लो समय बैंकको सेयर मूल्य लगातार बढेर दोस्रो बजारमा वाणिज्य बैंकहरूमध्येकै महँगो बनेको छ। यसअघि नबिल बैंक लगातार पहिलो नम्बरमा रहेको थियो। केही महिनायता नबिललाई उछिनेर एनआईसी एसिया पहिलो नम्बरमा लगातार रहेको छ। 

एनआईसी एसिया बैंकको सेयर मूल्य पछिल्लो समय आगामी वर्ष दिन सक्ने आकर्षक लाभांश अनुमानमा रहेको छ। बैंकले लगातार दुई वर्ष लाभांश नदिएको र आगामी वर्ष बैंकले आकर्षक लाभांश दिने अनुमानमा बैंकको सेयर खरिद गरेर लामो होल्ड गर्नेहरु हावी हुँदा सेयर मूल्य लगातार बढिरहेको छ। 

अर्को वर्ष लाभांश वितरण गर्न पाएमा कम्तीमा पनि ४५ प्रतिशतसम्म लाभांश दिन सक्ने आंकलन गरिएको छ। विगत दुई वर्षमा पनि १५ प्रतिशतका दरले ३० प्रतिशत र आउने वर्ष थप १५ प्रतिशत गरी ४५ प्रतिशत लाभांश दिन सक्ने आंकलन गरिएको छ। सोही कारण लगानीकर्ताहरु बैंकको सेयर खरिदमा होमिएका छन्। 

nic.JPG

पछिल्लो समय बैंकको सेयर मूल्य समग्र सेयर घट्दा पनि घट्न सकेको छैन। ८०० भन्दा तल झर्न खोजेको छैन। बैंकको सेयर मूल्य सबै सूचकले साथ दिएकोले आउने वर्ष १२ सय देखि १५०० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। 

बैंकको सेयर कारोबार पछिल्लो दुई महिना यता हरेक दिन धेरै कारोबार हुने सूचीममा पर्दै आएको छ। आईतबार पनि कारोबार हुनेमा दोस्रोमा रहेको छ। बैंकको ७ करोढ १० लाख रुपैयाँको कारोबार हुँदा ९८ हजार कित्ता किनबेच भएको थियो। 

सूचकमा उत्कृष्ट

बैंकको सञ्चिति कोषमा ४७ प्रतिशतले बढेको छ। ब्याजदर आम्दानी पनि बढेको छ। वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले बढेको छ। एनआईसी एसिया बैंक लाभांश नदिएपनि सूचकमा देखिएको बृद्धिले लगानीकर्तामा आकर्षण देखिएको छ। बैंकले चालु वर्षको पहिलो  ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्‍याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्‍याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्वपुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भइ निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।


प्रकाशित : सोमबार, फागुन १५ २०७९०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend